बार्सिलोना।बहुचर्चित नेपाली चलचित्र ‘महापुरुष’ स्पेनको बार्सिलोनामा सोमबार प्रदर्शन हुने भएको छ।सारा ईभेन्ट इन्टरटेनमेन्टले स्पेन ल्याएको उक्त सिनेमा एनआरएनए स्पेनको संयोजनमा नोभेम्बर २८ मा प्रदर्शन हुन लागेको हो। जिरोना हलमा सोमबार अपरान्ह ५ बजे विशेष सो प्रदर्शका लागि सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ। आम दर्शकले औधी रुचाएको चलचित्र बार्सिलोनाबासी नेपाली समुदायको माँझमा ल्याईएको संघले जनाएको छ।
एकल बाबुको कथामा बनेको यो फिल्म हेर्न स्पेनबासी नेपालीहरु लालायित बनेका छन् । प्रदीप भट्टराईको लेखन-निर्देशन र हरिवंश आचार्यको सशक्त अभिनय रहेको छ। हरिवंशसँगै गौरी मल्ल,रविन्द्र सिँह बानियाँ, अरुण क्षेत्री, रञ्जना बराइली, राजाराम पौडेललगायत कलाकार पनि सिनेमाको मुख्य भूमिकामा छन् । बार्सिलोनामा चलचित्रको टिकट शुल्क १२ युरो राखिएको एनआरएनए स्पेनले जनाएको छ।
