पोखरा । नेपाल मानव धर्म सेवा समिति, पोखरा गण्डकी प्रदेशद्वारा आयोजीत निःशुल्क भोजन वितरण कार्यक्रम शुक्रबार १८ औं दिनमा सम्पन्न गरिएको छ ।
कोरोना भाईरसका कारण आर्थिक रुपमा प्रत्यक्ष असर परेका विपन्न समुदायलाई लक्षित गरी गत बैशाख १५ गतेदेखि शुरु भएको निःशुल्क भोजन वितरण कार्यक्रम अनुसार पोखरा म.न.पा –२६ मा अबस्थित सतलोक आश्रम र श्री हंस सनातन मन्दिर पोखरा म.न.पा. ११ रानीपौवाबाट दैनिक रुपमा भोजन वितरण गरिंदै आएको थियो ।
यहि क्रममा आज अन्तिम दिनमा मात्रै पनि तिन सय ११ जनालाई भोजन वितरण गरिएको छ । यस निःशुल्क भोजन वितरण कार्यक्रम अन्तरगत आज जेष्ठ २ गतेसम्म आईपुग्दा ३ हजार ९ सय २८ जनाले निःशुल्क भोजनको सेवा लिएका कार्यक्रम संयोजक ओम उपाध्यायले वताएका छन् ।