राहत सामाग्री बितरण



पोखरा- बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) बाट नेपाल उच्च जाखिममा रहेको हुनाले नेपाल सरकारले चैत ११ गते देखी नेपाल अधिराज्य भरी लागु हुने गरी बन्दाबन्दी (लकडाउन) गरेको यस बिषम परिस्थितीमा चिल्ड्रेन–नेपालले बिद्यालय पढन सहयोग गरेका पाँच सय जना बालबालिकाहरु र तिनका परिबारहरुलाई चिल्ड्रेन–नेपालको सहजिकरणमा स्थापित सुर्यमुखी कृषि सहकारी संस्थाले राहत उपलब्ध गराएको छ । स्थानिय तह र नागरीक संस्थाहरुले उपलब्ध गराएको राहतमा त्यस्ता श्रमिक परिबारहरु छुटेका वा राहत अपुग भएकाहरुलाई स्थानीय वडाहरुकसंगको समन्वयमा सुकुम्बासी वस्तिमा भाडामा बस्ने ,दैनिक ज्यालादारी गुमाएका , केही परिबार सदस्य बिरामी समेत रहेका , ठुलो परिबार भएकाहरुलाई खाद्य सामाग्री, मास्क, तथा औषधीहरु बितरण गरिएको कुरा सुर्यमुखी कृषि सहकारी संस्थाका कोषाध्यक्ष सिता नेपालीले बताईन । परिस्थिती थप असहज हुदै गएमा त्यस्ता परिबारलाई स्थानीय वडा तथा नागरीक संस्थाहरुसंग समन्वय गरेर पुन ः सहयोग गर्न सकिने कुरा उक्त सहकारी संस्थाका अध्यक्ष शान्ता प्यासीले बताइन ।