बसन्त रानाभाट
बार्सिलोना –
गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले पहिरो पीडितको सहयोगार्थ करिब ३ लाख ३५ हजार रुपैया (२,६७५ युरो ) संकलन गरेको छ ।नेवारी समाज (पासा पुच) स्पेनले ५५९ युरो, र तमु समाजले ३०१ युरो सहयोग रकम जुटाए पछि संघले ठुलो रकम संकलन गर्न सफल भएको हो ।
दैविक बिपत्तीबाट बिभिन्न भागमा बाढी पहिरोको कारण देशनै शोकमा डुबेको बेला केही राहत दिएर मलाम लगाउन सकिन्छ भन्दै संघले स्पेनमा रहेका नेपाली समुदायलाई सहयोग गर्न अपिल गरेको थियो ।गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा आ-आफ्नो तबरबाट सहयोग जुटाउन राष्ट्रिय समन्वय परिषदहरुलाई आह्ववान गरे पछि स्पेनमा पनि राहत रकम संकलन गरिएको थियो ।
गैर आबासीय नेपाली संघका महासचिव कुमार पन्तले स्पेनमा यति धेरै रकम जुटेकोमा खुशी व्यक्त गरेका छन् । युरोपमा नै अहिले सम्म बढी रकम उठेको स्पेनमा हो भनी सोधिएको प्रश्नमा पन्तले नेपालीनेपाली डटकमलाई भनेका छन् ” स्विज़रल्याण्डमा पनि ३ लाख भन्दा बढी रकम उठेको छ । म स्पेनमा राहत जुटाउन सहयोग गर्ने र खटिने सबैलाई धन्यबाद दिन चाहन्छु । तपाईले चाहनु भएको जस्तो पिडितलाई राहत दिन हामी अबको २ हप्ता भित्रमा आफै गएर राहत बाड्ने छौ,रकम संकलन समितिका संयोजक समेत रहेका पन्तले बताए । हालसम्म गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिबाट करिब २५ लाख रुपैंया जम्मा भएको एनआरएनले जनाएको छ ।
अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहाकार पुष्प राज तिमिल्सिनाले स्पेनमा सहयोगको लागी नेपाली समुदाय सधै एकजुट हुने बताएका छन् । तिमिल्सिनाले भने बिगतमा होस् वा अहिले स्पेनका रहेका नेपालीहरुको मन सहयोगी छ ।
गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दिपक खरेलले उठेको रकम सरकारको राहत कोषमा राख्ने हो भने रकम हिनामिना हुने र पिडितले नपाउने खतरा भएकोले एनआरएन आफैले राहत बितरण गर्नु पर्ने बताएका छन् । यसको लागि आफुले केन्द्रलाई ईमेल मार्फत जानकारी गराएको र सजक बनाएको उनले बताएका छन् ।
राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एक राज गिरीले अभियानमा साथ दिने संघ सस्था ,नेपाली समुदाय, पत्राकार, समितिका पदाधिकारी सबैलाई धन्यबाद ब्यक्त गरे । उठेको रकमले कसैको आशु पुछन सघाहोस् भन्दै गिरीले आउदा दिनमा पनि यस्तै सहयोग मिल्ने अपेक्षा राखेका छन् ।
तमु समाज स्पेनकी अध्यक्ष ज्योति गुरुङले भनिन् सहयोग कति उठ्यो ठुलो कुरा होईन ,दुख पाउनेको हातमा पुग्यो भने त्यो ठुलो कुरा हो त्यसैले हामी सचेत हुनु पर्छ । म कामना गर्छु दुख पाउनेको हातमा परोस्,हामीले चाहे जस्तै होस् ।
यस्तै आफ्नो स्थापना कालमा नै नेवारी समाज (पासा पुच) स्पेनले सामाजिक कार्यको सफल शुरुवात गरेको छ । समाजको रकम संकलनको लागि गठित समितिका संयोजक मोहन बाबु नेम्कुलले उठेको रकम एनआरएन प्रतिनिधिलाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि नेवारी समाज सामाजिक कार्यमा नै सक्रिय रहने बताएका छन् ।
साथै अभियानमा एनआरएनए स्पेनका पदाधिकारी निरज कुमार पोखरेल,अर्जुन आचार्य ,सन्दिप मोहन भट्टराई, कृष्णहरी कडेल,हेमन्त रानाभाट, सन्तोष श्रेष्ठ , शितल भुर्तेल भुसाल,लक्षमण शर्मा लगायत स्पेनमा रहेका सबै संघ सस्था ,संगठन लगायत स्थानिय मिडियाहले सहयोग गरेका थिए ।
स्थानिय मिडियामा स्पेन खबर डटकमका प्रधान सम्पादक दिपक क्षेत्री ,नेपाली वेभका युरोप समाचार प्रमुख भोला लामिछाने , नेपालीनेपाली डटकम र रेडियो स्पेननेपालले सहयोग गर्नेको नामबली अपडेड गर्नुका साथै रकम जुटाउने अभियानमा बिशेष सहयोग गरेका थिए ।
एन आर एन ए स्पेनले पहिरो र बाढी पिडितको सहयोगको लागी नेपाली चलचित्र ६ एकान ६ प्रदर्शनी गरेर पनि १ सय ५० युरो सहयोग जुटाउन सफल भएको थियो ।
राहत संकलन कार्यमा सहयोग गर्ने सहयोगीको नामावली र सहयोग रकम यसप्रकार छ । नोट :- बढी रकम दिने आधारमा नामको क्रम मिलाइएको छ ।
६ एकान ६ फिल्मबाट बचत रकम – १५० युरो
तारानाथ डल्लाकोटी – १११ युरो
पुष्प राज तिमिल्सिना -५५ युरो
केदार प्रसाद निरौला -५५ युरो
दीपक खरेल – ५१ युरो
एकराज गिरी – ५१ युरो
निरज कुमार पोखरेल – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
कृष्णहरी कडेल -५१ युरो
सन्दिप मोहन भट्टराई -५१ युरो
शितल भुर्तेल/जीबन भुसाल -५१ युरो
हरी श्रेष्ठ – ५१ युरो
देबी प्रसाद सुबेदी -५१ युरो
रमेश प्रसाद निरौला – ५० युरो
प्रकास तिमिल्सिना – ५० युरो
अशोक नेपाल – ४० युरो
हेमन्त रानाभाट -३० युरो
हेम शेर्पा – ३० युरो
पेशल कोइराला – ३० युरो
बेदराम कडेल – ३० युरो
रबी श्रेष्ठ – ३० युरो
खेम राज कर्मी -३० युरो
प्रकाश भट्टराई -२५ युरो
राम प्रसाद मैनाली – २५ युरो
दिनेश गुरुङ (देउकाजी ) -२० युरो
बसन्त रानाभाट – २० युरो
भोला लामिछाने -२० युरो
दीपक क्षेत्री – २० युरो
तिलक कार्की – २० युरो
लक्ष्मण शर्मा – २० युरो
सुनिल थापा – २० युरो
ऋषी श्रेष्ठ (दावा )- २० युरो
सुबास थापा – २० युरो
राजु बास्तोला -२० युरो
बिष्णु रिजाल – २० युरो
सुबास बहादुर बिष्ट – २० युरो
अर्जुन अमात्य – २० युरो
रामकृष्ण पुडासैनी – २० युरो
बिनोद तामाङ् लामा – २० युरो
राजेन्द्र कडेल – २० युरो
राजु गुरुङ्ग -२० युरो
रबी राज तिम्सिना -२० युरो
बालकृष्ण कडेल – १५ युरो
दिनेश गिरी – ११ युरो
शुरेश भण्डारी -११ युरो
किशोर कुमार बुढाथोकी -११ युरो
बिकास तिमिल्सीना -१० युरो
पुष्पराज भण्डारी – १० युरो
मुक्त गुरुङ – १० युरो
प्रदिप श्रेष्ठ – १० युरो
बुद्दी थापा – १० युरो
निम कुवर – १० युरो
राजेन्द्र लम्साल – १० युरो
युबराज गुरुङ – १० युरो
शिव नेपाल – १० युरो
सिता श्रेष्ठ- १० युरो
पशुपती कडेल -१० युरो
कमल सापकोटा -१० युरो
इन्द्र शर्मा -१० युरो
कमल अधिकारी -१० युरो
हेम प्रसाद पाण्डे – १० युरो
दिनेश राज रेग्मी – १० युरो
केशब नारायण शाही -१० युरो
श्रीराम चन्द्र भट्ट -१० युरो
बल बहादुर कार्की -१० युरो
कृष्ण राज पाठक -१० युरो
पुजन सिग्देल -६ युरो
नेवारी समाज (पासा पुच) स्पेनले संकलन गरको रकम
मान कृष्ण शाही -६० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
संजु मास्के श्रेष्ठ -३५ युरो
कृष्ण कुमार श्रेष्ठ – ३० युरो
निलु अवाले श्रेष्ठ – ३० युरो
देबेन्द्र श्रेष्ठ – ३० युरो
सन्तोषी श्रेष्ठ – २५ युरो
मोहन बाबु नेम्कुल -२५ युरो
सुन्दर ट्वती – २५ युरो
अनिता श्रेष्ठ – २५ युरो
सागर पुरी – २० युरो
बिनिल श्रेष्ठ – २० युरो
सुरज श्रेष्ठ – १० युरो
संदेश महर्जन – १० युरो
एलियाना कस्तीयानो – १० युरो
निम्कुबर – १० युरो
राजिब कटुवाल – १० युरो
मधुसुधन उपाध्याय – १० युरो
पवन महर्जन – १० युरो
प्रमेश श्रेष्ठ – १० युरो
मुकेश महर्जन – १० युरो
नबिन महर्जन – १० युरो
अमिन मानन्धर – १० युरो
यासुनारी – १० युरो
बिदुर बस्नेत – ६ युरो
फेर्नाँदो – ५ युरो
इश्वर अमात्य- ५ युरो
बिकाश मानन्धर- ५ युरो
मोनिका महर्जन- ५ युरो
महन्त महर्जन- ५ युरो
खोरखे – ५ युरो
खोराखे ज्याकी – ५ युरो
रबि कुमार थापा – ५ युरो
ख्वान कार्लोस – ४,७५ युरो
हुस्रन – २ युरो