बार्सिलोना। कोरोना भाइरस कोभिड–१९ ले स्पेनको नेपाली समुदायलाई पारेको प्रभावबारे बहस भएको छ। नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा कार्यक्रममा एनआरएनटक मार्फत छलफल भएको हो।
म्याड्रिड,क्याटालोनिया,भ्यालेन्सिया,पाईभपास्कोजस्ता क्षेत्रहरुवाट कार्यक्रममा प्रतिनिधित्व जनाउदै सहभागीहरुले बोलेका थिए। क्याटालोनिया क्षेत्रबाट एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङ, मानार्थ परिषद सदस्य दिपक खरेल, आईसी सदस्य चिन्तामणी सापकोटा,एनआरएनए अध्यक्ष दिनेश गुरुङ देउकाजी र सन्तोष पौडेलले बिभिन्न बिषयहरुमा बोलेका थिए।
यस्तै कोरोनाले अति प्रभावित बनेको म्याड्रिड क्षेत्रवाट एनआरएनए मानार्थ परिषद सदस्य एकराज गिरी, पाईसभास्कोबाट एनआरएनए उपाध्यक्ष तुलसी गुरुङ र भ्यालेन्सिया क्षेत्रको प्रतिनिधित्व गर्दै आलिकान्तेबाट पत्रकार कमल पराजुलीको उपस्थिति थियो। कार्यक्रमलाई नेपालीनेपाली डटकम,नेपाल स्विसडटकम र एनआरएनटकको फेसबुक पेजमार्फत लाईभ गरिएको थियो।
कोभिड-१९ बिशेष बहसको भिडियो हेर्नुहोस् :-