बाटुलेचौर तीज मेला भदौ ७ देखि १२ गतेसम्म


रञ्जन अधिकारी
पोखरा भदौ ४-
नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को अवसरमा पोखरा १६ बाटुलेचौरमा भदौ ७ गतेदेखि बाटुलेचौर तीज मेला २०७१ हुने भएको छ । भदौ १२ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम गरी मेला संचालन हुने आयोजक बाटुलेचौर तीज मेला समितिले जानकारी दिएको छ ।

‘हाम्रो संस्कृति हाम्रो शान, सम्पूर्ण नेपालीको पहिचान’ नाराका साथ हुने तीज मेलामा तीजे गीतको प्रतियोगिताका साथै सिक्स ए साईड फुटबल, भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी, अन्तरविद्यालय लोकगित प्रतियोगिता, महिला बोरा दौड प्रतियोगिता, श्रष्टा सम्मान, निशुल्का स्वास्थ्य शिविर, राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक सांगीतीक कार्यक्रम, खाना खाजको स्कलहरु, घैटौं फुटाउने साथै रोटेपिङ लगायतका मनोरञ्जनात्मक खेलकुद हुने बुधबार पोखरामा मेला आयोजक मुल समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक अर्जुन थापाले जानकारी दिए ।

सिक्स ए साईड फूटबल प्रतियोगितामा प्रथम हुनेले नगद ८६ हजार तथा उपविजेताले नगद ५१ हजार प्राप्त गर्नेछ । यस्तै भलिबल प्रतियोगितामा विजेताले २५ हजार र उपविजेताले १२ हजार पाँच सय पाउने समितिका सचिव भिमबहादुर गायकले जानकारी दिए ।
तीज मेला भव्यताकासाथ सम्पन्न गर्नका लागि अर्जुन थापाको संयोजकत्वमा मुल समिति र २० उपसमितिहरु क्रियाशील रहेको मेला पुर्व संयोजक दानबहादुर बाँनियाले जानकारी दिए । तीज मेलाको पर्यटन तथा सँस्कृति मन्त्री भिमप्रसाद आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कुल १७ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

बाटुलेचौरका विभिन्न संघसंस्थाको पहलमा गठित मुल आयोजक समिति आयोजक रहेको छ भने विन्ध्यवासिनी उच्च माविको विशेष सहयोग र चण्डिका आमा समुह, गन्धर्व आमा समुह, महिला जागरण संस्था, नवज्ञाज्योति युवा क्लव, नेपाल गन्धर्व समुदाय विकाश केन्द्र, मैदान आमा समुह, बडहरबोट आमा समुह, जनजागरण आमा समुह, प्रगतिशील आमा समुह, प्रगतिशील आमा समुह, अम्बिका आमा समुह, हिमालय क्लव, बातावरण संरक्षण क्लव, नेवाःखल बाटुलेचौर र तमु धिंं बाटुलेचौर व्यवस्थापक रहेको छ ।