मैले ५ वर्ष संघीय संसदको सदस्य बन्दिनँ भनेको छैन : नेकपा प्रव


पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देश र जनताको सेवा गर्नका लागि आफूले राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वारी दिएको बताएका छन् । राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वारी दिएलगत्तै प्रेस संगठन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीको निर्णय अनुसार आफू उम्मेद्वार बनेको बताएका हुन् । राजनीति देश र जनताको सेवाका लागि गरिन्छ,‘उनले भने,‘त्यो अहिलेपनि गरिराखिएकै छ, तर जिम्मेवारी नै लिएर गर्दा झन् प्रभावकारी हुन्छ भन्ने लागेकाले उम्मेद्वार बन्ने निर्णय गरेको हुँ ।’ सरकार आर्थिक क्रान्तिलाई निर्णायक बनाउँदै समृद्धीको यात्रामा फड्को मार्न अगाडि बढेको तथा समाजवादको आधार तयार पार्दै सामाजिक न्यायसहितको आर्थिक क्रान्ति गर्ने दिशामा अगाडि बढेकाले त्यसलाई सफल बनाउनका लागि सहयोग र ईट्टा थप्नका लागि आफू उम्मेद्वार बनेको स्पष्ट पारे ।

श्रेष्ठले आफूल संघीय संसद र राष्ट्रिय सभा सदस्यको उम्मेद्वार नभनेको स्पष्ट पारे । हुँदै नभएको कुरा नारायणकाजीको बाचा भनेर पत्रकार साथीहरुले भन्दिनु भएन,‘उनले भने,‘मैले ५ वर्ष संघीय संसदको सदस्य बन्दिनँ भनेको छैन । राष्ट्रिय सभामापनि जान्नँ कहिल्यै भनेको छैन । त्यसको अर्थ मैले जान्छुपनि भनेको थिईनँ । मैले त्यतिवेला भनेकोचाहिं के हो भने प्रतिनिधि सभाको लागि उम्मेद्वारी दिएँ । प्र्रतिनिधि सभा सदस्यमा पराजित भएँ, यो ५ वर्ष प्रतिनिधि सभाको सदस्यमा उपनिर्वाचन नै भएपनि वा अन्य केहि भएपनि उम्मेद्वार बन्दिनँ भनेको हुँ ।’ उनले आफूले गरेको बाचामा अहिलेपनि प्र्रतिबद्ध रहेको दोहो¥याए ।

श्रेष्ठले नेकपा ५ वटा मूख्य कुराहरुमा केन्द्रीत रहेको बताए । नेकपा अहिले सांगठनिक काममा केन्द्र्रीत रहेको र त्यो अन्तिम चरणमा पुगेकाले यसलाई केहि दिन भित्रै सक्ने उनले बताए । उनले बैचारिक राजनीतिक कार्यदिशामा सिंगो पार्टीलाई एकरुपताका आधारमा प्रशिक्षित गराउने, पार्टीले जारी गरेको घोषणा पत्र अनुसार समृद्धीको दिशातर्फ अगाडि बढ्ने अहिलेको पार्टी र सरकारको प्रमुख कार्य भएको बताए । त्यस्तै, सरकारलाई सफल पार्ने, समृद्धीको लक्ष्य हरहालतमा पूरा गर्ने, कम्युनिष्ट सरकारबाट जनताले आशा गरेअनुरुप समृद्धीको यात्रालाई जनताले ब्यबहारमै अनुभुत गर्नेगरी ठोस उपलब्धी हासिल गराउनुपनि अहिलेको पार्टीको मुख्य कार्य भएको बताए । श्रेष्ठले जनपरिचालनको कामको योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने र शान्ति प्र्रक्रिया निश्कर्षमा पु¥याउनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन गरेर टुंगोमा पु¥याउनुपनि पार्टीको मुख्य कार्य भएको उल्लेख गरे । उनले २०७७ सालमा पार्टीको महाधिवेशन गर्नेगरी पार्टी अगाडि बढेको बताए ।

प्रवक्ता श्रेष्ठले एकीकरण भनेकै दुईवटा पक्षको एकता भएकाले अहिले भागवण्डाका आधारमा पार्टी चल्यो भनेर आरोप लगाउनु बेतुकको कुरा हुने बताए । उनले अबको ५÷७ दिन भित्रैमा पार्टी भित्रका आयोगहरु, विभागहरु, सल्लाहकार कमिटी र राष्ट्रिय परिषदले पूर्णता पाउने जानकारी गराए । पार्टी एकीकरणपछि समूह भन्ने कुरा अन्त्य हुने उनले दाबी गरे । श्रेष्ठले पार्टीमा भएको गुट अन्त्य हुनुपर्ने बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि गुट महारोग हो । गुट विष वृक्ष हो,उनले भने,‘यसले पार्टी एकताबद्ध हुन, बलियो हुन, क्रान्तिकारी हुन र शक्तिशाली हुन नकारात्मक भूमिका खेल्छ ।’ उनले पार्टी एकता सम्पन्न भएपछि गुटबन्दीलाई नियन्त्रण गर्ने, निरुत्साहित गरेर अन्ततः निशेध गर्ने प्रक्रियामा पार्टी अगाडि बढ्ने बताए । उनले भने,‘गुटबन्दी छैन भन्यो भने गल्ती हुन्छ । छ भनेर फष्टाउन दियो भने झन् ठूलो गल्ती हुन्छ । अब प्ूर्व समूहको नाममा गुटबन्दी होस् वा हिजोको पूर्व समूह भित्र रहेका गुटबन्दी होस् वा हिजो वा आज नया रुपमा देखा पर्ने स्वार्थजन्य गुटबन्दी होस् त्यसलाई नियन्त्रण गर्ने, निरुत्साहित गर्दै निशेध गर्ने दिशामा पार्टी जान्छ ।’

नेकपा सचिवालय सदस्य तथा राष्ट्रिय सभा सदस्यकी अर्की उम्मेद्वार भगवती न्यौपानेले पार्टीमा दिएको योगदान, त्याग र वलिदानको आधारमा पार्टीले मूल्यांकन गरेर जिम्मेवारी दिएकाले त्यो जिम्मेवारी पूरा गर्न उम्मेद्वार बनेको बताइन् ।

प्रेस संगठन कास्कीका संयोजक माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र सञ्चालन सहसंयोजक सन्देश श्रेष्ठले गरेका थिए ।