बार्सिलोना। यतिबेला बार्सिलोनाको मौसम चिस्सिदै गएको छ। तर चिसो मौसममा नेपाली लोकदोहोरी गीतहरु पस्केर तताउनका लागि चर्चित गायक बिमलराज क्षेत्री बार्सिलोना आईपुगेका छन्। शनिबार बार्सिलोनामा हुने पर्बत समाज स्पेनको दोस्रो अधिबेशन बिशेष कार्यक्रममा गायक क्षेत्रीले आफ्ना प्रस्तुति राख्ने भएका हुन्।
उनले पर्वत मेरो गाउँ,.वल्लै भो भेट,सुपारी चाम्रो,, मधुबनैमा, जापान टोकियो लगायतका दर्जनौ चर्चित गित गाएर मनोरन्जन प्रदान गर्ने भएका छन्। गायक क्षत्रीको साथमा स्थानीय कलाकारहरुले पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरण गिरीको प्रमुख आतिथ्यतामा हुने समाजको दोस्रो अधिबेशनमा स्पेन स्थित संघसंस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायको उपस्थिति रहने बताईएको छ।समाजको अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन हुँदैछ।