पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा डेभिजफलमा फुलपातीको दिन बहुउद्देश्यीय ब्यपारीक भवनको शिलान्यास गरेको छ ।

भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले समयको माग अनुसार आधुनिक प्रबिधि तथा सहकारी मैत्री भवन हुनुपर्ने बताए । उनले उदाहरणिय भवन बनाउन दत्तचित्त भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

१ रोपनी ५ आना क्षेत्रफल रहेको जग्गामा करिब३ बर्ष लगाएर बहुउद्देश्यीय ब्यापारीक भवन निर्माण सम्पन्न गर्ने लक्ष लिएको छ । एउटै छानामुनी धेरै सेवा प्रदान गर्ने तथा सहकारीले शेयर सदस्यहरुलाइ ब्यबसाय बाट उद्धमी बनाउने लक्ष्य अध्यक्ष सागर अधिकारीले बताए ।

सल्लाहकार सुभाष ढुंगानाले छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने र कास्की कै नमुना सहकारी बनाइ देशका विभिन्न स्थानबाट पोखरा भ्रमण गर्न आउने पर्यटकहरुको पनि आकर्षणको केन्द्र बनाउनु पर्ने बताए ।

आय मुलक उद्देश्य रहेको भवनले संस्थाका शेयर सदस्यहरुलाई भबिस्यमा नियमित पेन्सनको सुबिधा प्राप्त होस् भन्ने रहेको कोषाध्यक्ष धर्मराज बरालले बताए ।

सल्लाहकार देवराज आचार्यले सहकारीलाई सबल र सक्षम बनाउन जसरी कार्य गरे त्यसै अनुसार शेयर सदस्यहरुलाइ गुप्तेश्वर महादेव गुफाको मापदण्ड कम गराउन पहल गरी शेयर सदस्यहरुको सम्पत्ति रक्षाको लागि पनि इन्द्रेणी सहकारीले पहल गर्नुपर्ने बताए ।
संस्थापक अध्यक्ष लक्ष्मण बास्तोलाले सहकारी स्थापनाकालमा देखेको सपना पुरा हुन लागेको बताउदै सम्पुर्ण शेयर सदस्यहरु सहयोग गर्न आग्रह गरेका थिए ।
गोपाल बरालको संयोजकमा गठन भएको खरिद समितिले जग्गा खरिद गरेको थियोे ।
संस्थाका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष धर्मराज बरालले र संचालन सचिव डिल्लीराम शर्माले गरेका थिए ।