– हरि शर्मा
कास्की जिल्लामा पर्यटनको अथक सम्भावना भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय ठाउ“हरूको पहिचान गरी त्यस्ता ठाउ“हरूको भ्रमण गर्ने र त्यसलाई प्रवर्धन गर्ने उद्देश्यका साथ मिति २०७५ चैत्र महिनामा प्रविण तुलाचनको अध्यक्षतामा हाइकर्स क्लव नेपालको गठन गरिएको छ ।
सो क्लवले स्थापनादेखि नै प्रत्येक महिनाको अन्तिम शनिवार एक समूह बनाएर हाइकिङ्ग लैजाने कार्य गर्दै आएको छ । उक्त हाइकिङको संयोजन कृष्ण रानाभाट र सुन्दरमणी त्रिपाठीले गरेका छन् ।
क्लवको उद्देश्य अनुसार भदौ महिनाको अन्तीम शनिवार हामीले भदौरे–८, कास्कीमा अवस्थित गुरुङ गाउ“ सिधाने होम स्टे (घरवास सेवा)लाई छनोट गरेका थियौ“ जसका लागि हामी बिहान ७ः०० बजे पोखराको लेकसाइट, हल्लन चोकमा जम्मा भएर पामे हु“दा घा“टीछिनासम्मको करिव २ः०० घण्टाको वस यात्रा गरेपछि त्यहा“ रहेको व्यक्तिगत होमस्टेमा बिहानको खाजा खायौ“ ।
हर्पन खोलाबाट आएको चिसो हावा र त्यसको वरिपरिका प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पुनः दुईवटा जिप रिजर्भ गरी देख्दै डर लाग्दा आङ्गै सिरिङ्ग हुने बाटो बराङ्गा, सिधाने कुम्दी डा“डा, दमदमे, भञ्ज्याङ हु“दै सिधाने पुग्यौं । सिधानेबाट त्यसको वरिपरिको पञ्चासे लगायतका डा“डाहरूलाई नियाल्दा त्यहा“को वातावरण अनुपम रहेको पाइयो जसले त्यहा“ पुग्ने जो कोहीलाई पनि लोभ्याउने छ ।
अतिथि देवो भवः भन्ने नेपालीहरूको पहिचानलाई त्यहा“को गुरुङ समुदायले पनि आत्मसात गर्दै हामीलाई गरेको स्वागत, सत्कार, सांस्कृतिक ना“च आदिले हामीलाई मन्त्रमुग्ध बनायो, सा“च्चै नै हामी सबै त्यहा“को गुरुङ संस्कृति, गीत र ना“चमा धेरै रमायौ“ र त्यसले हामीले आनन्दित पनि बनायो ।
नेपालकै एउटा ख्याती प्राप्त पर्यटीय क्षेत्र पञ्चासेको फेदीमा रहेर पनि त्यहा“को समुदायले भोगेको दुःख, कष्ट र आफ्नो गाउ“ पछाडि पर्नुका कारणहरू बारे होम स्टे सञ्चालक बालशोभा गुरुङ र उपाध्यक्ष शान्तबहादुर गुरुङ लगायका स्थानियले हामीहरूस“ग खुलेर बताउनु भयो ।
कास्की जिल्ला नजिक भएर पनि बाटो, स्वास्थ्य र शिक्षाको राम्रो प्रवर्धन हुन नसक्दा मानिसहरू क्रमिक रूपमा गाउ“बाट विस्थापित हुने क्रम बढ्दै गएको र त्यसलाई रोक्नका लागि शिक्षा, बाटो र स्वास्थ्यको राम्रो प्रवर्धन सम्बन्धित निकायले गरिदियोस् भन्ने गुनासो व्यक्त गर्नु भएको थियो ।

यात्रा साहस, नया“ अनुभव, खोज र शारीरिक स्वास्थ्यका लागि अहिलेको अवस्थामा सबैलाई अपरिहार्य बनि सकेको छ । यात्रीस“ग यात्राका प्रत्येक क्षणहरू स्मरण गर्ने क्षमता छ भने त्यो यात्राले साहस र जीवनको बारेमा सत्यहरू कालान्तरमा पनि हाइलाइट गरिरहने छन् ।
यात्राले नया“ अनुभवहरू सिक्ने अवसरको सिर्जना गर्नुका साथै अथक पर्यटकीय सम्भावना भए पनि पछाडि परेका यस्ता ठाउ“हरूको पहिचान गरी तिनीहरूलाई प्रवर्धन गर्ने कार्यमा सघाउ पु¥याउ“दछ तर त्यसको लागि स्थानिय निकाय, प्रादेशिक सरकार सबैको निरन्तरको प्रयास आवश्यकता पर्दछ ।
तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख मेरुदण्ड भनेको पर्यटन नै हो । यसले मुलुकमा रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउ“दै आएको छ ।
यसले मुलुकमा रहेका सम्पूर्ण सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृतिक र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवर्धन गरिनु आवश्यक छ । पर्यटन क्षेत्रको समग्र विकास र विस्तारसहित यहा“का पूर्वाधारहरूलाई भरपर्दो, सुरक्षित र स्तरीय बनाउ“दै आन्तरिक पर्यटनलाई पनि प्रवर्धन गरिनु पर्छ ।
सरकारले पर्यटन, कृषि र ऊर्जालाई पूर्ण रूपमा विकास गर्नको लागि निजी क्षेत्रस“ग सहकार्य गरी देशलाई समृद्ध र विकसित मुलुक बनाउन अग्रसर हुनुपर्ने देखिन्छ ।
नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरी कुल बीस लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ जुन लक्ष्य त्यति ठूलो देखि“दैन तर त्यसको लागि पर्याप्त तयारी भने गर्नुपर्ने छ । नेपाल सरकारको लक्ष्य पुरा गर्ने र पर्यटकहरूको बसाइ लम्ब्याउन सिधाने होम स्टे जस्तै अरू होम स्टेहरूको पनि प्रचार प्रसार गर्न जरुरी देखिन्छ ।


(लेखकः गण्डकी बोर्डिङ स्कुल लामाचौर, पोखरामा कार्यरत हुनुहुन्छ ।)