प्रकाश ढकाल, कोपनहेगन
यतीबेला एनआएएनएको विश्व सम्मेलनले डायस्फोराको माहोल तातेको छ । आगामी अक्टोबर महिनामा काठमाडौँमा आयोजना हुने नवौ अन्तर्राष्ट्रिय महाधिबेशनले गैर आवासीय नेपाली संघको (एनआरएनए) नयाँ नेतृत्व चयन गर्दै छ । यसै सन्दर्भमा दिन प्रतिदिन पदाधिकारी लगायत अन्य क्षत्रिय समितिमा नयाँ नयाँ उम्मेदवार घोषणा हुने क्रम जारी छ । बर्तमान अध्यक्ष भवन भट्टले पुन: अध्यक्ष पद नदोहोर्याउने निश्चित भएपछि नेतृत्वका लागि बर्तमान दुई उपाध्यक्षहरु कुल आचार्य र कुमार पन्त भिड्ने निश्चित देखिएको हो।
सबैभन्दा महत्वपूर्ण पद अध्यक्षमा दावी गरिरहेका पन्त र आचार्य एनआएएनएको अभियानमा संगसंगै जस्तो आएका हुन् । पन्त एनआरएनएको अभियाननमा आइसिसी सदस्यदेखि युरोप संयोजक, महासचिव हुँदै दुई-दुई पटक उपाध्यक्षमा चुनाव लडेर बिजयी बनेका थिए। आचार्य भने एनआरएन बेलायतको अध्यक्ष हुँदै युरोप क्षत्र संयोजक बनेपछि एकैचोटी उपाध्यक्ष बन्न सफल भएका थिए । यहाँ रोचक के छ भने पन्त प्रत्येक पटक चुनाव लड्दै जित्दै आएका छन् भने आचार्यलाइ उपाध्यक्षमा मात्र चुनावमा जानु परेको थियो ।
अहिले दुवै जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पहिलेको परिस्थिति भने केहि बदलिएको छ । विगतको नतिजा हेर्ने हो भने युरोप क्षत्र सधैं नतिजामा हावी हुँदै आएको छ । युरोपका सबै २७ देशहरुको एन सी सी भएकोले पनि यो सम्भव भएको हो । यो पटक संयोगले आचार्य र पन्त युरोप क्षत्रकै हुन् ।
आचार्य बेलायत निवासी हुन् जहाँ सबैभन्दा बढी नेपाली हरुको बसोवास रहेको मात्र नभई सदस्य संख्याका आधारमा यो पटक सबै भन्दा ठुलो एन सी सी बन्न सफल पनि भएको छ । भने पन्त जर्मन निवासी हुन् । आचार्य र पन्त दुवै युरोपका सफल नेपाली व्यबसायी हुन् । त्यसकारण अहिले आचार्य र पन्त युरोपको मत आफुसंग तान्ने प्रयास गरिरहेका छन् ।
आचार्यको गुण भनेको सबैसंग छिटै घुलमिल हुन सक्नु हो । उनको यहि खुबीका कारण उनि छिटो नै एन आर एन को माथिल्लो पदमा पुग्न सफल भएको मानिन्छ । आचार्य संग अरुलाई बिश्वासमा लिन सक्ने खुबी भएको उनका निकटहरु बताउँछन् ।
पन्तको गुण भने अलि छुट्टै छ । उनी झट्ट कसैलाई बिश्वास गर्दैनन् । संगै सहकार्य गरेपछि मात्र अरुलाई बिश्वास गर्ने उनको स्वभाव रहेको छ । तर उनीसंग चुनावमा जानको लागि अनुभव भने प्रशस्त रहेको छ । युरोप क्षत्रको संयोजक देखि, केन्द्रिय सचिव, महासचीव अनि केन्द्रिय उपाध्यक्ष हुँदा उनले चुनाव लडेर जित्न सफल रहेका थिए । यो कारणले उनी अनुभवी मानिन्छन । जनाकारहरुले बताए अनुसार उनी युरोप मात्र नभई मिडल इस्टमा समेत परिचित छन् । उनी चुनावि रणनिती बनाउन माहिर मानिन्छन ।
तर अहिले समय बदलिएको छ । एन आए एन ए को नेतृत्वमा आउन माथि उल्लेखित ‘फ्याक्टर’ सहयोगी रहे पनि निर्णायक भने रहदैनन । अहिले महत्वपूर्ण भनेको उम्मेदवार स्वयम् सबै देशहरुमा अर्थात् सबै एन सी सी मा पुगेको छ कि छैन, यो पनि महत्वपूर्ण रहेको देखिन्छ । व्यक्तिगत भेटघाट गरी आफ्नो कुरा राख्नु पनि महत्वपूर्ण मानिन्छ । अहिले सम्मको तथ्यांक हेर्दा आचार्य र पन्त दुवै जना विश्वव्यापी दौडाहमा अनि भेटघाटमा रहेका छन् । दुवै जनाको सक्रियता बराबर रहेको देखिन्छ । दुवै उम्मेदवार अमेरिका देखि क्यानाडा अनि मिडल इस्ट देखि एशिया अनि युरोपका सम्पूर्ण देशमा आयोजना भएको अधिवेशन अनि कार्यक्रममा सहभागी भएर फर्कीसकेका छन् ।
एन आर एनमा सधैं अर्को एउटा ‘फ्याक्टर’ महत्वपूर्ण रहेको छ त्यो हो ‘राजनैतीक आस्था’ एवं ‘पोलिटिकल फ्याक्टर’ । हाल नेपालमा वामपन्थीहरुको बोलवाला अनि सरकार रहेको छ भने प्रजातान्त्रवादीहरु विपक्षमा छन् । यो फ्याक्टरले काम गर्ने भनेको सोहि राजनीतिक चरित्र भएका उम्मेदवार हरुलाई मात्र हो ।
बिगतका सम्मेलनहरुमा प्रजातन्त्रवादीहरुको मत निर्णायक रहँदै आएको विश्लेषण छ यदि सो तथ्यांकहरुलाई आधार मान्ने हो भने विदेशमा अधिकांश व्यक्तिहरु प्रजातन्त्रवादीहरु भएकोले आचार्यको सम्भावनालाई पनि नकार्न सकिदैन। तर पन्तलाई निर्बाचनको थुप्रै अनुभव छ। प्रजातन्त्रवादीहरुलाई उनले समेटेर टिम निर्माण गरेकाले पनि र अनुभवका आधारमा पनि उनि बलिया दाबेदार हुन्।