बार्सिलोना।गाउँठाउँका चौतारीमा तीजे कार्यक्रम बर्षौ देखि हुँदै आएका थिए त्यस्तै स्पेनको नेपाली समुदायमा पनि आफ्नै ईतिहास छ। बार्सिलोनामा तीज बिशेष कार्यक्रम हुन लागेको एक दशकभन्दा पनि लामो समय भईसक्यो।प्रबासी नेपाली एकता मञ्च स्पेनको आयोजनामा यसबर्ष पनि बार्सिलोनामा बिबिध कार्यक्रमसहित तीज मनाईयो।
चर्चित लोक दोहोरी कलाकारहरु तारापति सुबेदी र लक्ष्मी नेपालीसहित स्थानीय कलाकारहरुले प्रस्तुति राखे। कार्यक्रममा महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रह्यो।

प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए आईसीसी सदस्य शितल भुर्तेल भुसालले तीजको अबसरमा शुभकामना दिईन्। कार्यक्रममा आईसीसीसी सदस्य मुक्त बहादुर गुरुङ,प्रबासी नेपाली एकता मञ्च स्पेनका प्रस्तावित युरोप प्रतिनिधि अर्जुन आचार्य,एनआरएनए स्पेनका कोषाध्यक्ष बिशाल ढुंगाना,क्षेत्रीय समिति म्याड्रिडका पूर्व अध्यक्ष उत्तर राई ,कार्यक्रम संयोजक निर्मला तिवारी लगायतले बोलेका थिए।

मञ्चका संयोजक हेम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अशोक किरण न्यौपानेले गरेका थिए।
कार्यक्रम ब्यबस्थापन फितलो :-
यस बर्षको तीज बिशेष कार्यक्रमले दिदिबहिनीहरुको खासै मन जित्न भने सकेन। ४ बजे कार्यक्रमको समय तोकिएको भएपनि ३ घण्टा ढिलो गरी सुरु भएको थियो। कार्यक्रम ब्यबस्थापनमा पनि ठुलो कमजोरी देखियो।

मञ्च ब्यबस्थापन,कायर्क्रम प्रस्तुति र प्राबिधिक कमजोरी,स्वयंसेवक परिचालन लगभग शुन्य जस्तै नै थियो। तीज कार्यक्रममा महिला दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहने हुँदा आगामी दिनमा सुधार गर्नुपर्ने उपस्थित दर्शकहरुले आयोजकलाई सुझाव दिएका छन्।
सिसिलिया हलको समय राति ९ बजे सम्म मात्र भएकाले नाँच्ने र रमाईलो गर्ने समय निकै कम भएको भन्दै दिदीबहिनीहरुले गुनासो ब्यक्त गरेका थिए।
