कोपनहेगन। एनआरएनए डेनमार्कको अध्यक्षमा रबिन्द्र खड्का विजयी बनेका छन् । शनिबार सम्पन्न निर्बाचनमा खड्काले ५२४ मत प्राप्त गर्दै बिजयी बनेका हुन्। अध्यक्षका प्रत्यासी डोलराज पौडेल ( नवीन ) लाई १ सय १९ मतले पछि पार्दै खड्काले एनआरएनए डेनमार्कको नेतृत्व सम्हालेका हुन्। १ हजार ६२ मतदातामा ९५४ मत खसेको थियो। पौडलले ४०५ मत मात्र प्राप्त गरे।
अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि पनि दुई प्रतिस्पर्धीमा मात्र ७ मतको अन्तर रह्यो। ४५९ मत ल्याई आइसीसी सदस्य पदमा रमेश काफ्ले बिजयी भए। उनका प्रत्यासी दीपक सापकोटाले ४५२ मत प्राप्त गरे। सापकोटा एनआरएनए डेनमार्कका पूर्व अध्यक्ष समेत हुन्।

यस्तै महासचिव पदमा राजमान तामाङ्लाई पछि पार्दै शैलेन्द्र अधिकारी विजयी बनेका छन्। महिला संयोजकमा शोभा न्यौपाने विजयी बनिन्। यसअघि नै महिला उपाध्यक्षमा अन्जु पराजुली सचिव पदमा महेश सिंह खत्री निर्विरोध बनेका थिए। कोषाध्यक्ष रविन काजी श्रेष्ठ, युवा संयोजकमा शशि श्रेष्ठ तथा दुइ महिला सदस्यहरु सकुन्तला सुनाम र पुष्प खड्का बुढाथोकी पनि निर्विरोध निर्वाचीत भए।

तर अन्य सदस्यहरुमा प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कंडेल, नारायण बस्याल र सुनील आचार्य विजयी भए।
बिधुतिय प्रणाली मार्फत मतदान प्रक्रिया सम्पन्न भएको थियो। लगत्तै एक घण्टाभित्रमा नै मत परिणाम सुनाइएको थियो।
