कोपनहेगन । एनआरएनए डेनमार्कको निर्वाचनमा विधुतिय प्रणाली मार्फत मतदान सुरु भएको छ। निर्वाचन समितिका संयोजक त्रिलोचन सापकोटाका अनुसार कम्प्युटर प्रणाली मार्फत ७ वटा कम्प्युटर राखी आज बिहान देखि मतदान प्रक्रिया सुरु भएको हो।
यो पटकको एन आर एन ए डेनमार्कको निर्वाचनले नेपालमा गाउँ पालिकाको निर्वाचनको झल्को दिएको छ। कुल सदस्य एवं मतदाता संख्या १०६४ रहेकोमा करीब ९५ % मतदाताले भाग लिने अपेक्षा गरिएको छ । जुन कुल मतदाताको संख्याको अनुपातमा एकदम धेरै हो ।
मतदान प्रक्रियामा सहभागीहरुलाई लाइन बस्न नपर्ने गरी व्यवस्था मिलाइएको छ। यो पटक कोपनहेगन भन्दा बाहिर रहेका नेपालीहरुको लागि पनि कम्प्युटर प्रणाली मार्फत मतदान गर्नेछन्। कोपनहेगन देखि करीब २०० किलोमिटर बाहिर रहेका नेपालीहरुको लागि पनि ओडेन्स सहरमा कम्प्युटर प्रणाली मार्फत मतदानको व्यबस्था गरिएको छ ।

यो पटक आइ सी सी पदका लागि रमेश काफ्ले र दीपक सापकोटा भिड्ने भएका छन् । यसैगरी अध्यक्षमा दुइ जना प्रत्यासीहरु रहेका छन् । डोलराज पौडेल ( नवीन ) र रबिन्द्र खड्का अध्यक्षमा भिड्ने भएका छन् भने महासचिवमा शैलेन्द्र अधिकारी र राजमान तामांग भिड्दै छन् । दुइ जना पद रहेको उपाध्यक्षमा चार जना भिड्दै छन् । उपाध्यक्षमा रोमश लामिछाने, इन्द्र पनेरु, दीपक राज रिजाल अनि इन्द्र सापकोटा रहेका छन् । यस्तै महिला प्रतिनिधीमा श्रीया महर्जन र शोभा न्यौपाने भिड्दै छन् । पांच जना सदस्यहरुमा दीप् शर्मा, नारायण बस्याल, प्रकाश श्रेष्ठ, नरेन्द्र पौडेल, लक्ष्मण कंडेल र सुनील शर्मा गरी छ जना रहेका छन् ।

यस अघिको प्रक्रियामा महिला उपाध्यक्षमा अन्जु पराजुली, सचीवमा महेश खत्री, युवा संयोजकमा शशी श्रेष्ठ, कोषाध्यक्षमा रबीन काजी श्रेष्ठ अनि दुइ महिला सदस्यमा शकुन्तला सुनाम परियार र पुष्पा खड्का बुढाथोकी निर्विरोध चयन भै सकेका छन् ।