पोखरा । पोखराका चर्चित सांगितिक समुह (ब्याण्ड) हरुको भेला पोखरामा सम्पन्न भएको छ ।
भेलामा सैनिक सेभियरका भोकलिष्ट शुवास गुरुङ्ग, पर्पल उल्फका भोकलिष्ट सबिन तामाङ्ग, द अरभका बेस गितारिष्ट रोशन श्रेष्ठ, द फियर म्यासिनका भोकलिष्ट संगम मल्ल र गायक प्रज्वलराज जोजिजु, गण्डकी तारा २०७५ निश्चल बराल, कपिल पुन, बिग आईकन शुवास गुरुङ्गहरु लगाएत ब्याण्डम आवद्ध संगितकर्मीहरुको उपस्थिति रहेको थियो ।
भेलाले संगित र कलाको विकासको लागि स्थापित हल्लनचोकमा रहेको नगेन आर्ट लाउञ्ज बारमा हरेक साँझ सांगितिक कार्यक्रम गर्ने निर्णय गरेको छ । पोखरामा विभिन्न समय स्थापना भएका करिब व्याण्डहरुमा २५ भन्दावढि संगितकर्मीहरु तथा एकल गायकहरु सक्रिय रहेका छन् ।
उनिहरुले गिति एल्बमहरु निकाल्नुका साथै पोखरा, काठमाडौं, बुटवल, चितवन, तनहुँ, लगाएतका स्थानहरुमा हुने सांगितिक कार्यक्रमहरुमा आफ्नो प्रस्तति दिई सकेका छन् ।
नगेन आर्ट लाउञ्ज बारका अध्यक्ष माया पुनले बारमा सांगितिक क्षेत्रमा स्थापित कलाकारका साथै नवकलाकारलाई पनि अबसर दिईएकोे वताउनु भयो ।