पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ को न्युरोडमा रात्रीकालिन फोहरमैला अनुगमन गरेको वर्ष दिनको अवसरमा मंगलबार सडक मै वार्षिकोत्सव मनाईएको छ।
उक्त कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले स्थानिय वासिन्दाको रात्रीको समयमा अनुगमन गर्दै सावैजनिक स्थानमा फोहरमैला फ्याक्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने वताउनु भयो ।

त्यसै गरी वडा नं. ९ का सचिव रामराज लामिछानेले रात्रीकालिन समयमा फोहरमैलाको अनुगमनले शहर सफा भएको वताउँदै जनतामा चेतना पनि सम्प्रेषण भएको वताउनुभयो । उहाँले अनुगमन टोलीले एक वर्ष भरी उठाउदै लाखौं रुपैया महानगरपालिकाको राजस्वमा जम्मा गरिएको तर कुनै तलब भत्ता नलिई निस्वार्थ रुपमा रातको ११ वजेसम्म अनुगमन गर्नेको कुनै सम्मान हुन नसकेको वताउनु भयो ।

अध्यक्ष लामिछानेले आफ्नो वडा आफै सफा गर्छौ फोहर मैलाको जिम्मा वडालाई नै दिनु पर्छ भनेर महानगरको वोर्ड बैठकमा आफुले प्रस्ताव पेश गरेको तर कार्यन्वयन हुन नसकेको वताउनु भयो ।

रात्रीकालिन अनुगमनलाई सुरु देखिनै साथ र सहयोग गर्दै आएका वडा नं. ९ का सचिव लोक दर्शन कोईरालाले निस्वार्थ रुपमा सेवा गर्नेको काम अन्य टोल र वडाहरुमा पनि सिको गर्नुपर्ने आवश्यकता रहेको वताउनु भयो ।
उनले एक वर्षमा ६२ जना बाट १ लाख २१ हजार भन्दा वढि राजस्व संकलन गरी महानगरपालिकालाई बुझाएको पनि वताउनु भयो।
मंगलबार पोखरा न्युरोडको सडक पेटीमा रात्रीकालिन अनुगमनका तस्विरहरु, जरिवाना गरिएको रसिदको मिति, नम्बर र रकम सहितको व्यानर टाँसेर गरिएको कार्यक्रममा रात्रीकालिन फोहरमैला अनुगमनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने ५० जना भन्दा वढिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा त्रिवेणी संगितालय तथा भक्ति संगितका कलाकारहरुले फोहर मैला गर्नु नहुने सन्देश मुलक गितहरु प्रस्तुत गरेर नागरिकता संगितको माध्यमले सचेत गरेका थिए ।
पोखरा ९ नयाँसडक टोल सुधार समितिकी अध्यक्ष नन्दकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको थियो ।