कैलाली– एन आर एन वुमन फोरम स्विजरल्याण्डको आयोजनामा ब्युटि पार्लर तालिम तथा सिलाई मेसिन वितरण गरिएको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा रहेका अति विपन्न वादी तथा मुक्त कमैया समुदायका लागि तालिम तथा सिलाई मेसिन वितरण गरिएको हो । ४५ दिने तालिम बुधबार समापन गरियो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरियो । समामपनको अवसरमा नगरप्रमुख चौधरीले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । व्यवसायमा अगाडी बढ्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रम संयोजक प्रकाश मिश्रले स्विजरलयण्डमा अन्तराष्ट्रिय नारी दिवसको दिन आयोजना गरिएको कार्यक्रममा उठेको सहयोगबाट तालिमको आयोजना गरिएको बताए । उनले एन आर एन वुमन फोरम स्विजरलयण्डका संयोजक शुभा एल्मर लामा, सुनम पन्त सहित सिलाई कटाई मेसिन वितरणका लागि रकम हस्तान्तरण गर्ने स्विस नागरिक लिया ह्यागी र आन्द्रेश ह्यागी प्रति आभार प्रकट गरे ।

कार्यक्रमका सहभागीले तालिम मार्फत आफ्नो क्षमता विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा १० जना महिलालाई तालिम तथा ८ जना महिलालाई सिलाई कटाई मेसिन वितरण गरियो । तालिमको सहजिकरण शोभा विनाडिले गरेकी थिइन् ।




