काठमाण्डौ – मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले स्पेनका लागि राजदुतमा दावाफुटी शेर्पाको नाम सिफारिस गरेकाे छ । राजदूत सिफारिस शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामुकी छोरी हुन् । ३७ वर्षीया शेर्पा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राजदूत सिफारिसमा परेको स्रोतको भनाइ छ । उनी दुई महिनाअघि पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष चुनिएकी छन् । अमेरिकाबाट मास्टर्स डिग्री गरेकी उनी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा समेत कार्यरत थिइन् । नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको नेकपाका एक नेताले बताए। मन्त्रिपरिषदको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
ताजा समाचार
‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’
'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...
विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल
बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...
क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य
क्यालगरी, असोज १७
सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...
डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...
एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा
बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...