इटाली। प्यारालाइसिस रोगबाट ग्रसित सोलुखुब्बुका गणेश खालिङ राईलाई इटालीबाट सहयोग पठाइएको छ ।आर्थिक अवस्था कमजोर भएर उपचारकालागि अपिल गर्दा इटालीको भालदेदाओस्टामा रहेका नेपालीहरु मिली सहयोग संकलन गरेर रकम नेपाल पठाइएका हुन्। भुवन लिम्बुको सक्रियतामा पिडित राईकालागि ५ सय ८४ युरो अर्थात् ७० हजार रुपैयाँ सहयोग पुगेको छ।
सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका वडा नं. २ निवासी विवा कुमार खालिङका छोरा गणेशको अहिले काठमाण्डौ टिचिङ हस्पिटलको बेड नम्बर ८०३ मा उपचारका भइरहेको छ ।
सहयोगदाताहरुले राईको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । अरुलाई दुःख परेको बेला सहयोग गर्नु पर्छ भन्ने भावनाले प्रेरित नेपालीहरुले आफ्नो दैनिक खर्च कटाई सहयोग गरेका हुन् ।
सहयोगदाताहरुको नामावली :-
१ प्रदीप मोहन भट्टराई। ५१ युरो कास्की
२ तेज बहादुर पुन। ३१ युरो म्याग्दी
३ धिरज राज घिमिरे। १० युरो दोलखा
४ तारा कुमारी गुरुङ। ६१ युरो धादिङ्ग
५ रेवत राई। ५१ युरो सोलुखुम्बु
६ हीरा माया सुनुवार। २० युरो रामेछाप
७ ज्ञान वहादुर मोक्तान। ५१ युरो, सिन्धुली
८ लक्पु शेर्पा। २१ युरो सोलुखुम्बु
९ आशीष कुमार लामा। २१ युरो नुवाकोट
१० तारा लामा। २१ काभ्रे
११ छिरिङ्ग निमा शेर्पा। १० युरो दोलखा (हाल मिलानो)
१२ पेम्बा तामाङ। ६१ युरो सोलुखुम्बु
१३ वर्ण बास तामाङ। १० युरो गोर्खा
१४ भुवन नियोङ लिम्बू। २५ युरो ताप्लेजुङ
१५ सञ्चुवारी राई। ६५ युरो सोलुखुम्बु
१६ दावा शेर्पा। २५ युरो सोलुखुम्बु
१७ रोबेर्तो ५० युरो मिलान इटाली