पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ को वडा स्तरिय कृषि सञ्जालले दुई दिने आधुनिक कौसी खेती तालिम दिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले शहरीकरणको विकास संगै करेसावारी पाउन मुस्कील भएको अवस्थामा कौसीमा खेती गरेर वातावरण स्वच्छ पार्नुका साथै आर्थिक समस्या पनि केहि हद समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनहर कडरीया र सुरोज चिलुवालले प्रशिक्षण दिएका थिए ।

तालिममा ६५ जनाको सहभागिता रहेको थियो भने कौसी खेतीको तालिमका साथै कम्पोष्ट मल वनाउन सिकाइएको उक्त तालिममा कम्पोष्ट मल वनाउने विन वितरण समेत गरिएको थियो ।
कृषि सञ्जालकी अध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मी पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विमला रानााभाटले र संचालन सचिव शान्ति भुजेलले गरेका थिए।