पोखरा – सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ को आयोजनामा गहुँकाट्ने गोतानबारी जौबारी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको भेला शनिबार सम्पन्न भएको छ । भेलाले गणेशबहादुर भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन ग¥यो । जसको उपाध्यक्षमा ठाकुर प्रसाद पौडेल, सचिवमा कृष्ण प्रसाद पौडेल, सहसचिवमा भिमादेवी पौडेल, कोषाध्यक्षमा सुरज पौडेल रहेका छन् । यसैगरी सदस्यमा राधिका पौडेल, कृष्ण अधिकारी, राधिका देवी पौडेल, भोजबहादुर भुजेल, राम्जी पौडेल, रवि लामिछाने चयन भए । सल्लाहकारमा बुद्धिराज बराल, बाबुराम रानाभाट, रुद्र प्रसाद पौडेल, रवि मोहन अधिकारीलाई चयन गरियो ।

गहुँकाट्ने गोतानबारी जौबारी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाबाट १ सय ९ घरधुरी लाभान्वित हुनेछन् । लिफ्टिङ खानेपानीको लागि लागत इष्टमेट भइसकेको छ । दुई वर्ष भित्रमा सम्पन्न गर्ने गरी तयारी भइरहेको सुर्के मैदान सिर्जनशिल क्लबका अध्यक्ष राजाराम पौडेलले बताए । खानेपानी आयोजनालाई कार्यसम्पन्न गर्नका लागि क्लबले सघाउने पौडेलले बताए ।
सोही कार्यक्रममा नववर्ष २०७६ को अवसरमा सुर्केमैदान सिर्जनशिल क्लबले प्रकाशन गरेको क्यालेन्डर विमोचन समेत गरियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले क्लबले आयोजना गर्ने कार्यक्रममा आफ्नो साथ रहने बताए । सिद्ध आधारभुत विद्यालय पोखरा २८, सुर्केमैदानमा भएको कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनार, क्लबका अध्यक्ष राजाराम पौडेल, वरिष्ठ उपाध्यक्ष नवराज पौडेल, सचिव इश्वर अधिकारी, खानेपानी आयोजनाका अध्यक्ष गणेशबहादुर भुजेल, सल्लाहकार बाबुराम रानाभाट लगायतले बोलेका थिए । क्लबले पोखरा २८ लाई नै समेटेर आगामी दिनमा विभिन्न सामाजिक कार्यमा क्रियाशिलता बढाउने क्लब अध्यक्ष राजाराम पौडेलले जनाए ।
