राजाराम पौडेल,पोखरा –
बैशाख ६ गते शुक्रबारबाट गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन हुदैछ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा मञ्चन हुन लागेको यो नाटक बैशाख २१ सम्म गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । नाटकलाई उत्कृष्ट बनाउन कलाकारले मेहनत गरेका छन् । नाटकलाई सरुभत्त श्रेष्ठले लेखेका हुन् । उनै श्रेष्ठले यो नाटकलाई निर्देशन गर्दै २५ वर्ष पछि नाटक निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशनमा उनलाई परिवर्तनले सघाउँनेछन् ।

नाटक बाकसमा गोविन्द रमण पराजुली, प्रमिला तुलाचन, दिल प्रसाद गुरुङ, नवराज गिरी, रमेश बाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, इश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, दिक्षा कार्कीको अभिनय रहने छ ।
यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निसान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदीको अभिनय हेर्न पाइनेछ । पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हुनेछ । बाकसमा राष्ट्रिय परिवर्तनपछि देशको अवस्था चित्रण गरिएको छ । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो एक बजे समेत मञ्चन हुनेछ । नाटक हेर्न तीन सय र पाँच सयको टिकट लाग्नेछ ।
