राजाराम पौडेल, पोखरा- अन्तराष्ट्रिय फेसन विक नेपाल पोखरा बिहिबारबाट सुरु भएको छ । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा पोखरामा सुरु भएको फेसन सप्ताह शनिबार सम्म चल्नेछ । द काठमाण्डौ पोष्टको प्रस्तुतीमा फेसन सप्ताह न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्र्पोटस्मा आयोजना भइरहेको हो ।


फेसन सप्ताहमा पोखरा, काठमाण्डौमा, हेटौडा, चितवन, विराटनगरका २१ जना महिला र ५ जना पुरुष गरी कुल २६ जना सहभागी भइरहेका छन् । उनीहरुका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रर्दशन गर्ने गरिएको छ । पहिलो दिनमा कल्चरल सहित ७ सिक्वेन्स मार्फत मोडलहरु ¥याम्प वाल्कमा देखिए । आर्कषक पहिरनमा सजिएर ¥याम्प वाल्कमा देखिएका मोडलहरुले दर्शकको ध्यान खिँचे । नेपाली तथा विदेशी पहिरनको फ्युजन दर्शकको लागि रुचिकर बन्यो ।

बिहिबारनै गायक स्वप्न सुमनको प्रस्तुती तथा जुम्बा नृत्य आर्कषणको रुपमा रह्यो । शनिबार सागर आलेको प्रस्तुती थप आर्कषणको रुपमा रहनेछ । हरेक दिन कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ ।



हरेक साँझ ६ बजेबाट राती ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।



ज्वलरी डिजाइनर मोना श्राफ र श्रेहा सिँहको उत्कृष्ट डिजाइन हेर्ने अवसर फेसन सप्ताहमा पुग्नेले पाउँनेछन् । तीन दिने फेसन सप्ताहमा कुल २१ वटा सिक्वेन्स हुनेछन् । मोडललाई आर्कषक बनाउन १९ जना डिजाइनर खटिएका छन् । यो अन्तराष्ट्रिय स्तरको फेसन सो भएको आयोजकको दावी छ । गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पु¥याउन पोखरामा कार्यक्रम आयोजना गरिएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दीपक न्यौपानेले बताए ।






तस्विर ः राजाराम पौडेल