
पोखरा । हाइकर्स क्लब नेपाल पोखराको आयोजनामा शनिबार एक दिने हाईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा १७ को ड्याम साईड पार्कबाट रानीवन हुदै स्तुपासम्म गरिएको हाईकिङमा पर्यटन वोर्ड पोखराका प्रबन्धक सुर्य थपलिया, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, पत्रकार कमल पौडेल अथक, स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष कृष्ण रानाभाट, पर्यटन व्यवसायी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु, विभिन्न राष्ट्रिय तथा स्थानिय मिडियामा क्रियाशिल पत्रकार गरी २५ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा हाइकर्स क्लब नेपालका अध्यक्ष प्रविण तुलाचन र महासचिव ज्योति हमाल लगायतले पोखरामा एक दिने हाईकिङ अनिवार्य भइसकेकोले अब नियमित गर्ने योजना रहेको वताए ।