पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा सहयोगी संस्था सिद्धार्थ टोल विकास संस्था ,भवानी आमा समूह र सम्झौता नारी जागृती समूहको साथमा पोखरा–४ मानवअधिकार चोकमा १२९ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धार्थ क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठ र पोखरा सिद्धार्थ हेल्थ केयर प्रा.लिका सञ्चालक डा. मान बहादुर गुरुङ्गले संयुक्त रुपमा प्रथम रक्तदाता एवं सिद्धार्थ क्लबका सदस्य मदनकुमार मुल्मीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो ।
समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतीलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल देखीनै नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको र आवश्यक पर्दा आकस्मिक रक्तदान गर्नै गरेको र यस कार्यलाई सदैव निरन्तरता दिने जानकारी गराउदै सभाध्यक्ष विनोद प्रसाद श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।