जुरिच/ स्वीटजरल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तथा उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा नेपाली राजदूताबास जेनेभाले स्वागत गरेको छ।
बिहिबार जुरिचमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई लगायत भम्रण टोलिको उपस्थित थियो।

स्वीटजरल्याण्डस्थित नेपाली समुदाय,स्विस नागरिक,एनआरएनएन अभियन्ताहरु लगायत प्राविधिक तथा विज्ञहरु सहभागि कार्यक्रममा दूताबासको तर्फबाट संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले स्वागत गरेका थिए।
तस्बिर:- हिरालाल श्रेष्ठ
