बार्सिलोना/तमु समाज स्पेनले ल्होसार बिशेष कार्यक्रम सम्पन्न गरेको छ। हरेक बर्ष स्पेनबासी नेपालीहरु माँझ ल्होसार मनाउदै आएको समाजले यसबर्ष पनि साँस्कृतिक कार्यक्रमका बीच सम्पन्न गरेको हो।
मंगलबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा कलाकारहरुले नेपाली मौलिकता झल्काउने गीत संगीतहरु प्रस्तुत गरे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मुक्त बहादुर गुरुङ र बिशेष अतिथिको रुपमा आईसीसी सदस्य शितल भुर्तेल भुसाल सहभागी बनिन्। स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रह्यो।

समाजका अध्यक्ष गौतम गुरुङले कार्यक्रम सफल बनेको भन्दै नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा तमुजाती लगायत स्पेनबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
