बार्सिलोना। कास्की समाज स्पेनले नेपालीहरुको अध्यागमन तथा कानुनी समस्याका बारेमा परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्पेनका नेपालीहरुले भोग्रु परेका अड्चन तथा समस्याका बारेमा अधिबक्तासँग निशुल्क: परामर्श कार्यक्रम सम्पन्न भएको हो।मंगलबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा कानुनी परामर्श दिनको लागि स्पेनिस अधिबक्ता मोनिका हुएर्ता सान्ज र खोसे खाभिएर सहभागी बनेका थिए।
सहभागीहरुले अबैधानिकबाट बैधानिक बन्ने बिभिन्न प्रक्रियाहरु,घर खरिदमा ध्यान दिनुपर्ने बिषय,परिबार पुनर्मिलनको प्रक्रिया तथा आबश्यक कागजपत्र,रेसिडेन्सी कार्ड नबिकरण,ईयु कार्ड लगायत अध्यागमन सम्बन्धि बिभिन्न नियम र प्रकियाको बारेमा जिज्ञासा राखेका थिए। स्पेनिस कानुन ब्यबसायीहरुले सहभागीहरुका जिज्ञासालाई सम्बोधन गर्दै सुझाव तथा सल्लाह दिए।

परामर्श तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई सरल रुपमा बुझाउँनको लागि अर्जुन आचार्य र दावा ऋषि श्रेष्ठले दोभाषेको भूमिका निर्बाह गरेका थिए।संघका अध्यक्ष केदार ढुंगानाले कार्यक्रम निकै प्रभावकारी भएको बताएका छन्। उनले भने,” कानुनि जटिलताका बारेमा बुझ्ने अबसर पायौ,सहभागीहरुले खुशी ब्यक्त गरेका कारण यस्ता कार्यक्रमलाई हामीले निरन्तरता दिने छौ।
स्पेनको नेपाली समुदायमा कास्की समाज स्पेन निकै सक्रिय देखिएको छ। समाजले यसअघि सवारी चालकअनुमतिपत्रको सैद्धान्तिक कक्षा संचालन र त्यसको लगत्तै सुशी तालिम सम्पन्न गरिसकेको छ। अन्तरक्रियामा सहभागीहरुले पनि समाजको गतिबिधिलाई खुलेर प्रंशसा गरेका थिए।



