पोखरा, २५ साउन-
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीकोे पाँचौ अधिवेशनले गुणानिधी पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्ष चिन्तामणि बास्तोला, द्वितीय उपाध्यक्ष राजेन्द्र शर्मा, तृतीय उपाध्यक्ष युवराज पौडेल,महासचिव रुक्मागत भण्डारी ‘विश्वास’, कोषाध्यक्षमा कृष्णराज पोखरेल, सचिवमा विकास भुर्तेल, सह–कोषाध्यक्ष ईश्वरराज चालिसे चयन भए ।
सदस्यमा तीर्थराज सुवेदी, विश्व प्रधान, केशव लामिछाने, सेवक क्षितिज रहेका छन् । एक वर्षको मात्र कार्यकाल रहेको कार्यसमितिको रिक्त २ जना सदस्य पछि मनोनीत गरिने संस्थाका महासचिव रुक्मागत भण्डारी ‘विश्वास’ ले जानकारी दिनुभयो ।