कास्कीमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी


पोखरा – गुणस्तरिय शिक्षा हासिल गर्नको लागि कास्कीमा पनि संचालन भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको बताइृएको छ । आईतबार पोखरामा आयोजित अभिभावक सचेतनाको लागि संचार सहकार्य राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम बिषयक छलफल कार्यक्र्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख नगेन्द्रराज पौडेल सहितका व्यक्तिहरुले दुई बर्ष कास्कीमा पनि संचालन भएको उक्त कार्यक्रम निकै प्रभावकारी भएको बताएका हुन ।

कास्कीमा एक सय ७ वटा बिद्यालयमा हाल उक्त संचालन भएको बताएका जि.शि.अ. पौडेलले कार्यक्रम संचालन भएसंगै बिद्यार्थीहरुमा अध्ययन गर्ने र गुणस्तरिय शिक्षामा बृद्धि हुदै आएको दाबी गरे । जि.शि.अ. पौडेलले समयमै संघिय शिक्षा ऐन नआएकोले बिद्यार्थीको भविश्य नै अन्यौल हुने आशंका व्यक्त गरे । उनले भने“ यही चैत्र २८ गतेबाट जिल्ला शिक्षा कार्यालयहरु नरहने भएकोले हामीले राखेको गोप्य अभिलेकिकरण कसले र कसरी राखिन्छ यो निकै चुनौती पुर्ण छ, हाल एसइई दिएका, कक्षा ८ का र टेष्ट परिक्षा दिने बिद्यार्थीहरुको अभिलेख कसले र कहाँ राख्ने बिषय हालसम्म स्पष्ट नभएकोले बिद्यार्थीहरुको भविश्व अन्यौलमा पर्न सक्छ । ” संघियताको नाममा हुईमको भरमा शिक्षा जस्तो सम्वेदनशिल बिषयलाई स्थानिय तहले राम्रोसंगै अघि बढाउन नसक्ने उनले दाबी गरे । ७ सय ५३ वटै स्थानिय निकायमा फरक फरक अतिरिक्त बिषय भए पनि मुख्य बिषय भनै एकै किसिमको हुनु पर्ने उनको जोड थियो ।

कास्कीमा पनि विगत दुई बर्ष देखि संचालन भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको उनले जनाए । जिल्ला शिक्षा कार्यालय कास्कीका उप जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले कास्कीमा ३ सय ८३ वटा बिद्यालयबाट एक सय ७ वटा मात्र बिद्यालयहरु राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रममा छनौट भएको बताए । दुई बर्षको उक्त कार्यक्रमबाट बिद्यार्थीहरुमा केही सुधार भएकोले यसलाई निरन्तरता दिदै अन्य बिद्यालयहरुमा समेत यस्तो कार्यक्रम आवश्यक भएको उनले बताए । कक्षा एक देखि ३ सम्म का बिद्यार्थीहरुलाई लक्षित गरी ल्याईएको उक्त कार्यक्रममा एक बिद्यालयलाई दुई लाख रुपैया सम्म अािर्थक सहयोग गरिएको थियो । विभिन्न शैक्षिक सामाग्रिको प्रदर्शनी, अभिभावकसंगको पढाई लेखाई, शिक्षकले पढाएसंगै लेख्न लगाउने लगायतका ८ वटा बिषयमा पढाई लेखाई हुने गरेको छ । सुनेका भरमा तत्काल लेख्ने (श्रुतिलेखन) मा बिद्यार्थीहरुको अझै धेरै सुधार गर्नुपर्ने ढकालले जनाए । कास्कीका उप जिल्ला शिक्षा अधिकारी दामोदर अधिकारीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम बिद्यार्थीको गुणस्तरिय शिक्षामा आवश्यक भएको बताए । उक्त कार्यक्रमका प्रवन्धक केशव सिग्देलले उक्त कार्यक्रमले गर्दा बिद्यार्थीहरुमा बढ्नु पर्छ भन्ने सिपको विकास भएको दाबी गरे ।

जिल्ला शिक्षा कार्यालय कास्कीले वैशाख १ देखि १४ गतेसम्म आधारभुत तहमा भर्ना कार्यक्रम संचालन हुने जनाएको छ । ५ देखि १२ बर्ष मुनिका वालवालिकाहरुलाई बिद्यालयको पहुच पुराउन १४ रुपैयामा खाजा कार्यक्रम समेत ल्याउने भएको तयारी गरेको छ ।