एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन गरिने(सुचि सहित)


?

पोखरा – ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिने भएको छ । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच फागुन २६ गते एक सय जनालाई सम्मान कार्यक्रम आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स स्थापनाको शतवार्षिकी कार्यक्रम मनाउने क्रममा पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको आयोजक लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिए । ‘लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष पुरा गरेको सन्दर्भमा हामीले विशेष कार्यक्रम आयोजना गरेका छौं,’ उनले भने, ‘जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचानका बनाई लायन्स अगाडि बढिरहेको सन्दर्भमा यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔ वर्ष मनाइरहेका छौं ।’

समाजमा विशेष्ट योगदान पु¥याएका एक सय जना व्यक्तित्वहरुलाई शतवार्षिकी समारोहबीच नागरिक अभिनन्दन तथा रथारोहण समेत गराउने कार्यक्रममा देशभरबाट २५ हजार भन्दा बढीको उपस्थिति रहने आचार्यले बताए । ‘व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विशेष योगदान पु¥याएका मेचीदेखि महाकालीसम्मका छनौटमा परेका एक सय जनालाई सम्मान गर्नेछौं,’ उनले भने, ‘प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई पोखरा सभागृहबाट रथमा चढाई नगर परिक्रमा गराई पोखरा प्रदर्शनी केन्द्रमा बसी एक भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्नेछौं ।’

आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरु बिच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको आचार्यले बताए । ‘लायन्स क्लब्स अन्तर्राष्ट्रिय आजसम्म आइपुग्दा संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सामाजिक संस्थाका रुपमा स्थापित भएको छ,’ आचार्यले भने, ‘हाल संसारका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ ।’

नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पु¥याएको आचार्यले बताए । शतवार्षिकी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बनेका आचार्यले विभिन्न सय वटा कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सय वटा कार्यक्रममध्ये शतवार्षिकीको मुख्य कार्यक्रम सय जना व्यक्तिहरुलाई सम्मान तथा रथारोहण रहेको उनले बताए । नेपालमा लायन्सलाई फरक धारबाट ब्राण्डिङ गर्ने लक्ष्यसहित आचार्यकै अगुवाईमा ‘पढाऔं अभियान’ कार्यक्रम अगाडि बढिरहेको छ । उक्त अभियानका लागि ५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आइसकेको आचार्यले बताए ।

सम्मानितको नामठेगानाक्षेत्र वा विधाविस्तृत विवरण
आचार्य बालकृष्णAcharya Balkrishnaस्याङ्जादर्शन तथा जागरणपतञ्जली
अमृत गुरुङAmrit Gurungकास्कीसंगीत तथा संस्कृतिपप संगीत (नेपथ्य ब्याण्ड)
अनुराधा कोइरालाAnuradha Koiralaकाठमाडौँमहिला तथा बालबालिकाप्रदेश प्रमुख – प्रदेश नं. ३
बैकुण्ठ मानन्धरBaikuntha Manandharखेलकुदएथ्लेटिक्स
बैरागी काइँलाBairagi Kainlaकाठमाडौँभाषा साहित्यप्रज्ञा प्रतिष्ठान
बमबहादुर कार्कीBam Bahadur Karkiसंगीत तथा संस्कृतिलोक संस्कृति
वसन्त केशव पराजुलीBasanta Keshab Parajuliसामाजिक सेवाहजारौँ वृद्धवृद्धाहरुको संरक्षण
बसन्तकुमार सम्मा नेपालBasanta Kumar Samma Nepalशिक्षा क्षेत्रलेखक
भिक्षु मैत्रेयBhikshhu Maitriyaदर्शनलुम्बिनी क्षेत्र विकास
ब्रह्मकुमारी दिदी परिणताBhrahamakumari Didi Paridataदर्शन तथा जागरणओमशान्ति
भुवन चन्दBhuwan Chandaकलाकारिता
विजय लामाBijaya Lamaविशेष कार्य – पाइलट
विकल शेरचनBikal Sherchanमुस्ताङशिक्षा क्षेत्रमोटिभेसनल स्पिकर
बिना कुमारी सिलवालBina Kumari Silwalधादिङमहिला तथा बालबालिकाकोपिला नेपाल
विनोद चौधरीBinod Chaudharyउद्योगी तथा व्यवसायीचौधरी ग्रुप
विरेन्द्र बहादुर बस्नेतBirendra Bdr. Basnetपर्यटनवुद्ध एयर
ब्याकुल माइलाByakul Mailaसंगीत तथा संस्कृतिराष्ट्रिय गानका सर्जक
चन्द्र ढकालChandra Dhakalरेमिटेन्सआइएमइ
कोलिन स्मिथ(पुतली बाजे)Kolin Smith Putali Bajeविदेशी नागरिकपुतली अनुसन्धान
दिपक विष्टDeepak Bistaखेलकुदतेक्वान्दो
धिरेन्द्र प्रेमर्षिDhirendra  Premarsiमैथिली भाषा साहित्यतराई जागरण
दिन दयाल अग्रवालDindayal Agrawalझापागौरक्षारंगेली
डा. भगवान कोइरालाDr. Bhagawan Koiralaस्वास्थ्यकार्डियोलोजिस्ट
डा. विद्या प्रसाद पन्तDr. Bidhya Prasad Pantaकैलालीस्वास्थ्यआँखा रोग
डा. ध्रुवचन्द्र गौतमDr. Dhruba Chandra Gautamकाठमाडौँभाषा साहित्यआख्यान
डा. गोविन्द टन्डनDr. Govinda Tandanसामाजिक सेवामानव सेवा आश्रम
 डा. जगदिश अग्रवालDr. Jagadish Agrawalस्वास्थ्यवरिष्ठ फिजिसियन
डा. जगमान गुरुङDr. Jagman Gurungसंस्कृतिप्राध्यापन – खोजअन्वेषण
डा. मोदनाथ प्रश्रितDr. Modnath Prasritसंस्कृति तथा इतिहासराष्ट्रिय एकता दिवस
डा. मृगेन्द्र राज पाण्डेDr. Mrigendra Raj Pandeyस्वास्थ्यमिर्गेन्द्र सम्झना स्वास्थ्य
डा. रामप्रसाद पोखरेलDr. Ram Prasad Pokhrelस्वास्थ्यआँखा रोग ÷ नेत्रज्योति संघ
डा. सन्दुक रुइतDr. Sanduk Ruitस्वास्थ्यआँखा रोग विशेषज्ञ
डा. शंकरमान राईDr. Shankar Man Raiस्वास्थ्यस्किन बैँक
डा. तारानाथ शर्माDr. Taranath Sharmaकाठमाडौँभाषा साहित्य
दुर्गा बराल “वात्सायन”Durga Baral ‘Batsayan’कास्कीकलाकार्टनिस्ट
इरादेवी थैवEradevi Thaibaरुपन्देहीमहिला तथा बालबालिकामहिला सशक्तीकरण
गणेश बहादुर श्रेष्ठGanesh Bahadur Shresthaकास्कीउद्योगी तथा व्यवसायीविन्ध्यवासिनी धार्मिक क्षेत्र
जर्ज जोन÷एलियामा जोनGeorge John / Eliyama Johnशिक्षा क्षेत्रपश्चिम नेपालको अद्धितीय ज्योति
गोपाल ठाकुरGopal Thakurभाषा साहित्य
गोबिन्द प्रसाद श्रेष्ठGovinda Prasad Shresthaशिक्षा क्षेत्ररत्न पुस्तक भण्डार
हरिप्रसाद पाण्डेHari Prasad Pandeyउद्योगी तथा व्यवसायीछोरीलाई प्राविधिक शिक्षा
हरिवंश आचार्यHaribansha Acharyaकलाकारिताहास्यव्यंग्य कला
हरिभक्त शर्माHaribhakta Sharmaउद्योगी तथा व्यवसायीदेउराली जनता फर्मासिउटिकल्स
हरिदेवी कोइरालाHaridevi Koiralaकास्कीसंगीत तथा संस्कृतिलोक संगीत
 हेमानन्द गिरीHemananda Giriसंस्कृतिप्रस्तावित शंकराचार्य
हिमालय सम्शेर जबराHimalaya Shumsher JaBaRAकाठमाडौँबैँक ÷ अर्थतन्त्रबैङ्किङ
इन्दिरा राना मगरIndira Rana Magarमहिला तथा बालबालिकाकैदीबन्दीका सन्तानलाई शिक्षा
कमलनयन गौतमKamal  Nayan Gautamसामाजिक सेवाराष्ट्रिय परोपकार अभियान
 काशी नाथ न्यौपानेKashi Nath Neupaneसंगीत तथा संस्कृतिवेदव्यास बारेको अन्वेषण
केदारभक्त माथेमाKedar Bhakta Mathemaशिक्षा क्षेत्रउच्च शिक्षा नियमन
खड्ग गर्बुजाKhadga Garbujaम्याग्दीसंगीत तथा संस्कृतिलोक संस्कृति
कृष्णजङ शाहKrishna  Jung Shahस्वास्थ्यआँखा अस्पताल
कुलमान घिसिङKulman Ghisingविशेष कार्य – इन्जिनियरलोडसेडिङको क्षेत्रमा
कुन्ती मोक्तानKunti Moktanसंगीतगीतसंगीत
ललितबहादुर बस्नेतLalit Bahadur Basnetमानवअधिकार तथा सामाजिक सचेतनामजदुर जागरण
लक्ष्मीदास मानन्धरLaxmi Das Manandharउद्योगी तथा व्यवसायीज्येष्ठ नागरिक सम्मान अभियान्ता
लेखबहादुर क्षेत्रीLekh Bahadurखेलकुदमहिला क्रिकेट अभियान्ता
लिली थापाLili Thapaमहिला तथा बालबालिकाएकल महिला सशक्तीकरण
लक्की क्षेत्रीLuckky Chhetriकास्कीमहिला तथा बालबालिकाटुरिजम
मदनकृष्ण श्रेष्ठMadan Krishna Shresthaकलाकारिताहाँस्यव्यँग्य ÷ कलाकारिता
माधवप्रसाद घिमिरेMadhav P. Ghimireकाठमाडौँभाषा साहित्यराष्ट्रकवि
मैयादेवी श्रेष्ठMaiyadevi Shresthaचितवनशिक्षा क्षेत्रविद्यालय, कलेज संस्थापक
मनिषा कोइरालाManisha Koiralaकलाकारितानेपाली मुभीको देशबाहिर ब्राण्डिङ
नारायण रायमाझीNarayan Rayamajhiपाल्पासंगीत तथा संस्कृतिलोक संस्कृति
निलप्रसाद भण्डारीNil Prasad Bhandariकृषि, वन तथा पशुपालनसामुदायिक वन
निर शाहNir Shahकलाकारिताटेलिभिजन, फिल्म कलाकारिता
पदम बहादुर गुरुङPadam Bahadur Gurungमानवअधिकार तथा सामाजिक सचेतनाब्रिटिश आर्मी
प्रभाकर समशेर राणाPrabhakar Shumsher Ranaपर्यटनहोटल सोल्टी
प्रदिप नेपाल(सञ्जय थापा)Pradip Nepal (Sanjaya Thapa)काठमाडौँभाषा साहित्यप्रगतिशील साहित्य
प्रेमध्वज प्रधानPremdhoj Pradhanकाठमाडौँसंगीत तथा संस्कृतिआधुनिक गीत
प्रेमराजा महतPrem Raja Mahatतनहुँसंगीत तथा संस्कृतिलोक संगीत
पुष्करलाल श्रेष्ठPuskar Lal Shresthaपत्रकारितापत्रकारिता÷मनोरञ्जन
रवि लामिछानेRabi Lamichhaneपत्रकारितासिधाकुरा जनतासँग
 राजेन्द्र राज पन्तRajendra Raj Pantaकृषि, वन तथा पशुपालनगाइपालक
राजेश हमालRajesh Hamalकलाकारितामहानायक – कलाकारिता
रामआशिष यादवRamashshish Yadavधनुषासामाजिक सेवागंगासागर संरक्षण
रामचन्द्र तिमोथीRamchandra Timothiशिक्षा क्षेत्रएकता पब्लिकेशन
रामेश, रायनRamesh, Rayanसंगीत तथा संस्कृतिगाउँगाउँबाट उठ ……
रामप्रित पासवानRamprit Paswanमानवअधिकारसामाजिक जागरण
रेवती रमण ÷ शान्ता पौडेलRewati Raman  / Shanta Poudelसामाजिक सेवासर्वस्व दाता (लायन्स अस्पताल)
शम्भुजित बास्कोटाSabhujit Baskotaसंगीत तथा संस्कृतिसंगीतकार
सानुबाबु सुनुवारSanubabu Sunuwarपर्यटनप्याराग्लाडिङ
सरुभक्तSarubhaktaकास्कीभाषा साहित्यप्राज्ञ÷ साहित्य
सत्यमोहन जोशीSatyamohan Joshiसंस्कृतिसंस्कृतिविद्
सुवर्ण वैद्य (घाटे वैद्य)Suwarna Baidhyaकाठमाडौंस्वास्थ्यआयुर्वेद
शान्ता चौधरीShanta Chaudharyमानवअधिकार तथा सामाजिक सचेतनाकमलरी प्रथा
शान्ति नारायण श्रेष्ठShanti Narayan Shresthaपर्वतभाषा साहित्यनेपाली भाषा साहित्य
सिद्धिलाल श्रेष्ठSiddilal Shresthaमकवानपुरस्वास्थ्यआँखा अस्पताल
सिताराम कट्टेल र कुञ्जना घिमिरेSitaram Kattel & Kunjana Ghimireसामाजिक सेवासंयूक्त आवास ÷ कलाकारिता
सोनाम साङ्पोSonam Sangpoसामाजिक सेवादर्जनौँ विद्यालय निर्माणका अभियान्ता
सुभाष गोयलSubas Goyalसामाजिक सेवारक्तदानका अभियान्ता
स्वामी अरुण आनन्दSwami Arun Anandaदर्शन तथा जागरणमोटिभेसन
ताकासी मियाहाराTakasi Miyaharaपर्यटनविदेशी नागरिक
टेकनाथ बरालTeknath Baralकास्कीमानवअधिकार तथा सामाजिक सचेतना६५ वर्ष भन्दा बढी अविछिन्न रुपमा सक्रिय
तीर्थ श्रेष्ठTirtha Shresthaकास्कीभाषा साहित्यमुक्तकको संस्थागत विकास
तोरण कार्कीToran Bahadur Karkiभोजपुरकृषि, वन तथा पशुपालनबागवनी
तुलसी घिमिरेTulasi Ghimireकलाकारिताकलाकारिता
यादव खरेलYadav Kharelकलाकारिताचलचित्र उद्योग
यामबहादुर शाक्यYam Bahadur Shakyaसामाजिक सेवाविद्यालय स्थापनामा अग्रणी भूमिका
योगी विकासानन्दYogi Bikasanandaभक्तपुरदर्शन, जागरणमनोक्रान्ती