पोखरा । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं. ११ राईपुरमा रहेको आधारभुत माध्यामिक विद्यालयको ३० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भयो ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पुर्व महिला तथा बालबालिका मन्त्री एवम् प्रदेश सभा सदस्य आशा कोइरालाले रोजगारमुखी व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको वताईन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिनेश गौतम विश्वजित, नगर शिक्षाका निमित्त अधिकृत धननारायण श्रेष्ठ, अक्षयकोष संस्थापक श्यामबहादुर श्रेष्ठ, सन्तोष कुमार वाग्ले, वडा अध्यक्ष दलबहादुर थापा, भुपु विव्यस अध्यक्ष शालिकराम भट्टराई हिमकुमारी पौडेल, ठगीमाया थापा, पुर्णबहादुर शाही, चिरञ्जीवी शाही, विष्णुप्रसाद पोख्रल, भीमबहादुर थापा, दुर्गानारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा विद्यालयका प्रअ ज्ञाननारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले पि.टि खेल देखाउनुका साथै विभिन्न सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेका थिए भने स्थानिय थामडाँडा मगर समाजले मौलिक कौरा नृत्य प्रदर्शन गरेको थियो । कार्यक्रममा जग्गादाता, दानवीर, विशिष्ट÷आजीवन सदस्यलाई सम्मान गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साथै कक्षा ११÷१२ मा पढ्ने विपन्न तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमनबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भीमप्रसाद वाग्लेले र कार्यक्रमको सञ्चालन शिक्षक दिनेश सापकोटाले गरेका थिए ।