सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल


काठमाण्डौ –  आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।

आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत र दीर्घकालीन असर पर्ने प्रशासनिक निर्णय गर्न कत्ति पनि संकोच मानेनन् ।

खासगरी लामो समयदेखि रोकिएका नियुक्तिका निर्णय गर्न र आर्थिक सहायता वितरण गर्न पनि उनले यही समय रोजे ।

यही काममा उनले निर्वाचनअगाडि ध्यान दिन सकेको भए उनको दलको प्रतिष्ठा बढ्ने थियो । तर, पराजयको जिम्मा लिनुको सट्टा सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल भएको छ ।आजको नयाँ पत्रिकामा खबर छ ।