पोखरा – लोक सँस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔं, नाराका साथ क्रियाशील कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ खेलकुदकर्मी खड्गबहादुर रानाभाटलाई अभिनन्दन गर्ने भएको छ ।
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको यही माघ २४ गते पोखरा हुनगइरहेको सातौ स्मृति सभा तथा व्यक्तित्व सम्मान कार्यक्रममा प्रमुख प्रशिक्षक रानाभाटलाई २५ हजार एक रुपैयासहित अभिनन्दन पत्र र दोसल्लाले अभिनन्दन गरिने भएको छ ।
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनका विधाहरु लोक सँस्कृति, खेलकुद र शिक्षाहरु मध्ये यस वर्ष लामो समयदेखि खेलकुद क्षेत्र(एथलेटिक्स, भलिवल र फुटबल)बाट राष्ट्रिय, साफ, एशियन हुदै ओलम्पिकसम्म सहभागी हुदै नेपाली खेलकुदमा विशेष योगदान प्रदान गर्नुभएको पुर्व खेलाडी, प्रमुख प्रशिक्षक खड्गबहादुर रानाभाटलाई अभिनन्दन गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले जानकारी दिनुभयो ।
सल्लाहकार दिपेन्द्र श्रेष्ठको संयोजक, सल्लाहकारद्धय खेमबहादुर गुरुङ र हेमबहादुर गुरुङ सदस्य रहेको व्यक्तित्व छनौट समितिले वरिष्ठ खेलकुदकर्मी रानाभाटको नाम सिफारिस पश्चात प्रतिष्ठानले उक्त निर्णय गरेको हो ।