धर्मकाया बुद्धमण्डलाको सहारा क्लब यु.के.र हङकङको टोलीले स्थलगत अवलोकन


पोखरा – पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु डाँडामा निर्माण हुन लागेको धर्मकाया बुद्धमण्डलाको आज सहारा क्लब यु.के.र हङकङको टोलीले स्थलगत अवलोकन गरेको छ । मण्डला निर्माण समितिद्धारा काँहु डाँडामा आयोजित स्वागत कार्यक्रममा सो टोलीले संयुक्त रुपमा अवलोकन गरेको हो ।

अवलोकन पश्चायत आयोजित स्वागत समारोहमा बोल्दै सहारा क्लब यु.के.का अध्यक्ष मीन गुरुङ (साइला)ले पोखरा जस्तो सुन्दर नगरीमा बुद्धमण्डलाको निर्माण हुनु सबैको लागि गौरवको कुरा भएको भन्दै यसको निर्माणले यहाँको धार्मिक पर्यट्नलाई थप टेवा पुग्ने बताउनुभयो । यस्तै सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले आप्mनो व्यक्तिगत र संस्थागत दुवै रुपमा बुद्ध मण्डला निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा डायमण्ड बुद्धिष्ट सेन्टर यु.के.का अध्यक्ष योगेस गुरुङले बुद्ध मूर्तिको निर्माणले पोखराको थप सुन्दरता बड्ने मात्र नभई संसारभरी शान्ति छाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै बि.सि.सि. यु.के.आमा समितिकी अध्यक्ष पुष्पा गुरुङले मण्डला निर्माण कार्यमा आपूmहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । समाजसेवी अशोक पालिखेले मण्डला निर्माणमा सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गर्नुभयो ।

यसैबीच आजै धर्मकाया बुद्ध मण्डला निर्माण समितिलाई विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । जस अन्तरगत डायमण्ड बुद्धिष्ट सेन्टर यु.के.बाट ३ लाख १४ हजार १ सय १४ रुपैंया, सेन्टरका अध्यक्ष योगेस गुरुङबाट १ लाख ११ हजार १ सय ११ रुपैंया, यस्तै यु.के. निवासी बुद्धिबहादुर गुरुङबाट १ लाख ११ हजार १ सय ११ रुपैंया, यु.के. निवासी नै आइबहादुर गुरुङ र श्रीमती दुर्गा गुरुङबाट १ लाख ५ सय रुपैंया, सहारा यु.के.का अध्यक्ष मीन गुरुङ (साइला) र श्रमती सारदा गुरुङबाट १ लाख रुपैंया, सहारा क्लब यु.के.का सल्लाहकार चन्द्रबहादुर गुरुङबाट १ लाख १ हजार रुपैंया, ले.जसबहादुर गुरुङ धम्पुस कास्की हाल सिम्पानी पोखराबाट १ लाख १ हजार १ सय १ रुपैंया तथा हरि श्रेष्ठबाट ५० हजार रुपैंया सहयोग प्राप्त भएको छ ।

धर्मकाया बुद्ध मण्डला निर्माण समितिका सचिव राजबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष मोहन बास्तोलाले मण्डला निर्माणको लागि वडा बासी महानगरपालिका तथा आफनो व्यक्तिगत रुपमा जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।