पोखरा – पाहुना टोली उत्तर बरिन्धरा क्लब बंगलादेश पोखरामा जारी १६ औ आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार पोखरा रगंशालामा भएको पहिलो क्वाटरफाइलन खेलमा उत्तर बरिन्धराले सुदुरपश्चिम स्पोर्टिङ क्लब धनगढीलाई २–१ गोलले पराजित गदै अन्तिम चारमा स्थान पक्का गरेको हो । बंगलादेशलाई सेमिफाइन पु्र्याउन मिडो मासा र सेला सेलेमनले गोल गर्नुभयो । पोखरेली मैदानका नयाँ प्रतिस्पर्धी दुवै टिम निकै आक्राम देखिएका थिए ।
सुदुरपश्चिमले आयोजक सहारालाई ३–० ले पराजित गदै क्वाटरफाइनल खेलको भएपनि बंगलादेशसंग स्तब्ध बनेपछि घर फर्किन बाध्य भयो । खेलको ७४ औ मिनेटमा सेला सेलामेनले गरेको लामो कडा प्रहार धनगढीका कप्तान चेतन थारुको खुटटामा लागेर फर्केकेको बललाई छ याडबाट मीडो मासाले बललाई पोष्टको दिशा दिएपछि गोलको खडेली तोडियो । एक गोलले पछाडि परेको धनगढीले खेलको ७८ औ नमिनेटमा पाएको पेनाल्टी खेरफालेपछि बराबरी गर्ने अवरबाट चुक्यो ।
बंगलादेशका डिन्टु एमडीले डिवक्सभित्र बल ह्याण्ड गरेपछि सुदेशकुमार पाण्डेले धनगढीलाई पेनाल्टीको मौका दिनुभयो । धनगढीका लागी धिरज गुरुङले दायाँबार च्यापेर प्रहार गरेको पेनाल्टी बंगलादेशका गोलरक्षक ओसमान गोनीले उत्कृष्ट बचाउन गर्नुभयो । पेनाल्टी खेर फालेको धनगढीका लागी ८८ औ मिनेटमा विनोद के.सीले गोल गदै गोल अन्र्तर २–१ मा झानुभयो । खेलको अन्त्य तिर निकै आक्रामक बनेका दुवै टिम वीच तनाव सृजना भयो । तनाव सृजना भएपछि रेफ्रिलाई मुख छाडेपछि बंगलादेशका सेला सेल्लेमान र कान्डे लान्सानेलेलाई रेडकार्ड देखाउदै रेफ्रि सुदेशकुमार पाण्डेले मैदान बाहिर पठाए ।
दुई खेलाडीले रातो कार्ड पाएपछि नौ खेलाडीमा सिमित बंगलादेश विरुद्ध थप गोल गर्न नसक्दा धनगढीको सेमिफाइलन यात्रमा पूर्ण विराम लाग्यो । खेलको म्यान अफदी म्याच मिडो मासा घोषि हुनुभयो । सुदुरपश्चिमका प्रशिक्षक सुरेश हमालले आफना खेलाडीले राम्रो खेलेपनि स्कोरिङ गर्न नसक्दा पराजिन भएको बताउनुभयो । ‘खेलाडीले राम्रो खेले तर स्कोरिङ हुननसक्दा पराजित भयौ ।’ पोखराको होमग्राउण्डमा भनेर धिरजलाई पेनाल्टी दिएको बताउनुभयो । बंगलादेशका कोर्डिनेटर असन महमतले प्रतियोगिता राम्रो भएपनि रेफ्रिप्रति असन्नुष्टि ब्यक्त गर्नुभयो । आफना दुई खेलाडीलाई रातो कार्ड दिएको प्रति गुनासो गदै रेफ्रि फेर नभएको बताउनुभयो । प्रतियोगिता अन्र्तगत आइतबार दोश्रो क्वाटरफाइलन खेल आमी र धरान ११ वीच प्रतिस्पर्धा हुने छ ।