काठमाण्डौ – सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यी हुन् प्रदेश मुख्यसचिव
- प्रदेश : राजेश्वरमान सिंह
- प्रदेश : यादव कोइराला
- प्रदेश : रेश्मीराज पाण्डे
- प्रदेश ४ : लक्ष्मण अर्याल
- प्रदेश ५ : शंकर पाठक
- प्रदेश ६ : सुरेश प्रधान
- प्रदेश ७ : लक्ष्मीराम पौडेल