पोखरा – पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा बिहीबार राजेशपायल राईको विशेष प्रस्तुति रहने भएको छ । राई पछिल्लो पुस्ताले अत्यधिक मन पराउने गायक हुन् । स्वरमा विविधता उनको परिचय हो । सोनाम ल्होछारका दिन आयोजना गरिने सांगीतिक कार्यक्रममा उनलाई रवि रिमाल, मीना निरौलाले साथ दिनेछन् ।
यसैगरी ल्होछारलाई सम्झनायोग्य बनाउनको लागि बिहीबार तामाङ संस्कृतिकर्मीहरुको विशेष नृत्य तथा गायन समेत समावेश गरिएको मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिनुभयो । यसैगरी लोकगायकहरु खुमन अधिकारी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ,केशव देवकोटा, चन्द्रा कार्की, काजल गुरुङ, सरस्वती परियार, जगत गौडेल,नेत्रपाणि बास्तोलासहित मुलाको साग र जोगिन्दर पानवालको हाँस्य प्रहसन पनि समावेश गरिएको उहाँले बताउनुभयो ।
बुधबार मेलामा लोकदोहोरी गायक प्रजापति पराजुली, शिव हमाल, शंकरविरही गुरुङ,रामजी पौडेल, माया गुरुङ, ईश्वर सिँह, राज विश्वकर्मा, माया केसीले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । यसैगरी पपतर्फ योगेसकाजी, , सागर शाह, रजनी राई र साथमा डिजे सेसन समेत समावेश गरिएको गरिएको थियो ।
यता ‘सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’मा मोवाइल एक्सचेञ्ज अफर समावेश गरिएपछि उपभोक्ताहरु थप उत्साहित भएका छन् । मेलामा आउने अवलोकनकर्तालाई लक्षित गरी विभिन्न ब्राण्डका मोवाइल कम्पनीहरुले पुरानो मोवाइल ल्याउनेलाई नयाँ मोवाइल दिने योजना सार्वजनिक गरिएको हो । पुरानोसँग नयाँ मोवाइल साँट्न चाहनेहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र ल्याउनुपर्नेछ ।
पुरानो मोवाइलको मूल्याङ्कन गरी ग्राहकहरुले चाहेको जुनसुकै नयाँ मोवाइल किन्न पाउनु एक्सचेञ्ज अफरको विशेषता हो । नेपाल मोवाइल बिक्रेता संघ कास्कीका अध्यक्ष शिवराज पहारीका अनुसार मोवाइल स्टलहरुले विभिन्न उपहार योजनासहित ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेका छन् ।
संघका महासचिव दामु अधिकारीका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ । मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ । सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । उहाँका अनुसार मंगलबारसम्म करिब ९५ हजारले मेलाको अवलोकन गरेका छन् भने ६ करोडजतिको कारोवार भएको अनुमान गरिएको छ ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको संघका महासचिव अधिकारीले बताउनुभयो ।
सभासदहरुद्धारा मेला अवलोकन
यता, प्रदेश नम्बर ४ का सभासदहरुले मेलाको अवलोकन गर्नुभएको छ । प्रदेशसभा सदस्यहरु कृष्ण थापा र मनबहादुर गुरुङले नयाँबजारमा जारी मेलाको अवलोकन गर्नुृभएको हो । उहाँहरुले पोखरा उद्योग वाणिज्य संघले सामाजिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै मेलाको पूर्ण सफलताको कामना पनि गर्नुभयो ।
उहाँहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिबबहादुर कोइराला, संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव दामु अधिकारीसहितका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले स्वागत गर्नुभएको थियो ।