पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमै राखिनुपर्छ : कुलु


पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाएको छ । पार्टी कार्यालय नयाँबजारबाट विभिन्न झाँकी सहित शुरु भएको एकता ¥याली पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो ।

सभालाई सम्वोधन गर्दै सदस्य कुलबहादुर गुरुङ कुलुले हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य रहेको बताउँदै राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको देन अतुलनीय भएको बताउँदै लगन थापाको शालिकलाई उचित ठाउँम सारी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमै राखिनुपर्ने र यसको लागि राप्रपा सधै लडिरहने बताउनुभयो ।

कार्यक्रममा पण्डित संघका अध्यक्ष गणेश सुवेदी, राप्रपा कास्कीका जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदीले राष्ट्र निर्माता शाहको सालिक पृथ्वीचोकमै राखिनुपर्ने र हिन्दु राष्ट्र तथा संवैधानिक राजसंस्थालाई उचित स्थान दिई आफ्नो पुख्र्यौली धर्मको रक्षाको लागि राप्रपा सधैं लडिरहने बताउनुभयो ।

राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष कृष्णराज अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव हरिप्रसाद बरालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकर्ताहरु एवं राष्ट्रवादी शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।