सिन्धुपाल्चोक, साउन
सिन्धुपाल्चोकको माङ्खामा सुनकोसी नदीमाथि खसेको पहिरोमा पुरिएर मृत्यु हुनको संख्या २७ पुगेको छ । स्काभेटर र डोजरलगाएर बेपत्ताहरुको पहिरोले पुरिएको स्थानमा खोजी गर्दा सोमबार मात्रै १७ शव भेटिएको हो । १७ मध्ये ११ महिला, ३ पुरुष र ३ बालकालिका छन् ।
शनिबार बिहान गएको पहिरोमा बेपत्ताहरुको खोजी कार्य अझैं जारी छ । पहिरोले पुरिएको स्थानमा नेपाली , सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन् ।
पहिरोले माङ्गा र राम्चे गाविसको तीन वस्ती बगाएको थियो । राम्चे गाविसको इचिनी भन्ने ठाउँबाट पहिरो सुरु भएको थियो ।
सेनाले फेरि ब्लास्टिङ गरेर पानीको फ्लो बढाउने तयार गरेको भए पनि स्थानीयले रोकेका छन्। प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार स्थानीयले पहिरोमा पुरिएका मानिसको खोजी गरेपछिमात्रै पानीको बहाव बढाउन दवाव दिएपछि ब्लास्टिङको काम रोकिएको हो।






yasto kasailai pani na hos yaba dekhi oh god
Comments are closed.