पोखरा । गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत मादी गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाका सहभागीलाई १५ दिने बेकरी परिकार निर्माण तालिम सम्पन्न भयो ।
उक्त तालिम बोस्टन बेकरी पसल, पोखरालेखनाथ–१७, विरौटाका संचालक धनराज ओझाले सहजिकरण गरेका थिए । गाउँघर जन्मोत्सवमा केक र पाउरोटी पारखी बढ्दै गरेकोमा उत्त mतालिमको महत्व रहेको नौलो घुम्ती नेपाल, सामुदायिक विकास परियोजनाकी लघु उद्यम विकास अधिकृत नेहा शाहीले वताईन ।
तालिमका सहभागी यमबहादुर थापा र प्रेम गुरुङ्गले सिकाइले जिविको पार्जनमा सुधार आउने वताए । समापन कार्यक्रम नौलो घुम्ती नेपालका कृषि प्राविधिक संजिब बहादुर बरालले संचालन गरेका थिए ।