स्वतन्त्रता र नैसर्गिक अधिकारका लागि काँग्रेसलाई भोट : गुरु बराल


पोखरा – काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा उम्मेदवारी दिएका गुरुप्रसाद बरालले लोकतन्त्र र सम्बृद्धिको पक्षमा मत हालि देशलाई न्याय दिन मतदाताहरुलाई आग्रह गरेका छन् । अहिलेको चुनावमा जनताको नैसर्गिक अधिकार खोस्ने गरि बामगठबन्धन लागेको स्थितीमा जनताले होश पु¥याएर भोट हाल्नुपर्ने स्थिती आएको उनले बताए ।

‘न्याय र फैसला दिने जिम्मा जनताको हातमा छ ।’ चुनावी घरदैलो कार्यक्रम अन्तरगत विहिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ मा पुगेका बरालले भने–‘अहिले काँग्रेस लोकतन्त्रको सुरक्षासँगै सम्बृद्धिको प्रतिज्ञा गरेर चुनावमा होमिएको छ । त्यसैले आफ्नो नैसर्गिक अधिकार बचाउनका लागि भएपनि काँग्रेसलाई भोट हालेर जिताउनुपर्ने बाध्यता छ ।’

बरालले चुनावी अभियानको क्रममा मतदाताहरुमा लोकतन्त्र, स्वाभिमान, विकास, सम्बृद्धि र स्वतन्त्रताको भावना रहेको पाएको बताए । ‘मतदाताहरुको भावना बुझ्दा यो पटक लोकतन्त्र र सम्बृद्धिको नाराले जित्ने विश्वास लिएको छु ।’ उनले भने–‘अहिले मतदाताहरु आफै पनि विश्लेषण गरेर राम्रो या नराम्रो छुट्टाउन सक्छन् ।’ उनले बामगठबन्धनको नियत पुरा भएको खण्डमा जनताले स्वतन्त्रता गुमाउने भन्दै उनीहरुको बहकाऊमा नलाग्न मतदाताहरुमाझ आग्रह समेत गरे ।

उनले काँग्रेसले गरेका प्रतिज्ञाहरु पुरा गरेरै छाड्ने दाबी समेत गरे । ‘काँग्रेसले यसअगाडि चुनावको बेलामा गरेका प्रतिज्ञाहरु पुरा गरेको ईतिहास साक्षी छ । र, अब पनि काँग्रेस जनताकै पक्षमा उभिएको छ ।’ उनले भने–‘त्यसैले देशमा विकास र सम्बृद्धिको क्रान्ति ल्याउन पनि काँग्रेसलाई भोट दिन आवश्यक छ ।’

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ रामबजार आसपासका टोलहरुमा घरदैलोमा पुगेका बरालले वडाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । जनताका गुनासा र मागहरुलाई सम्बोधन गर्दै उनले आफू निर्वाचित भएसँगै ती सबै समस्याको समाधान गर्न खटिरहने प्रतिबद्धता जनाए । युवाहरुमाझ लोकप्रिय रहेका बराल निकै ‘बोलीको पक्का’ व्यक्ति पनि मानिन्छन् । मतदातालेबराललाई युवा नेतृत्व आउनुपर्ने भन्दै त्यसका लागि उनलाई सहयोग गर्ने वचन दिएका छन् । केहि फरक शैलीले आफ्नो चुनावी प्रचार अभियानलाई तिव्रता दिएका बरालले पछिल्लो समय ‘रोबोट’मार्फत पनि मतदातासँग भोट मागिरहेका छन् ।

उम्मेदवार थापालाई अर्मलाबासीको १० बुदें माग

पोखरा महानगरपालिकाको वडा नं १६ को अर्मलामा आफनो घरदैलो गर्ने क्रममा कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापालाई १० बुदें मागपत्र पेश गरेका छन् ।

घरदैलो पछि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा स्थानीय अर्मलाकोट आमा समूहले १० बुदें मागपत्र पेश गरेका हुन् । मागपत्रमा शिक्षा स्वास्थ्यसँगै खानेपानी समस्या, सडक स्तरोन्नति र आमा समूहको लागि बहुउद्देश्यीय भवन निर्माणको लागि सहयोग गरिदिनुपर्ने लगायतका विषयबस्तु समेटिएको छ ।

“नयाँ परिवर्तन चाहेका छौं । हाम्रो माग तपाईले सम्बोधन गर्नुपर्छ ।”स्थानीय आमा समूहले भने । उम्मेदवार थापालाई आशिर्वाद दिदैं स्थानीय चाहेको परिवर्तनलाई सम्बोधन गर्नुपर्ने सुझाए । थानीयबासी सम्बोधन गर्दै उम्मेदवार थापाले आफनो तर्फका आमा समूहले बुझाएको मागपत्रलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । “म यतिबेला चुनावी मैदानमा छु ।” उनले भने –“सबैको आशिर्वाद र सहयोगले मागलाई सम्बोधन गर्ने ठाँउमा पुग्न सकुँ ।”

महानगरपालिकाको वडाभित्र समेटिएपनि खानेपानी र सडकको दुराबस्था भने जताततै छ । त्यसमा पनि अझ वडाकै दुर्गम अन्तर्गत गर्ने अर्मलाकोटमा यातायातको पहुँच पुगेपनि सडकको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । थापाले समृद्धिको मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा स्वास्थय, रोजगारीसँगै सडक, खानेपानी, विद्युत आपूर्ति हुनुपर्ने बताए । “ग्रामीण विकासले शहरी विकासको प्रत्याभूति हुन्छ । त्यसैले गाँउहुदैं शहर र अनि देश विकास तर्फ उन्मुख हुनुपर्छ ।” थापाको भनाई थियो ।

बिहीबार साँभसम्म मतदातासँग भेटघाट गर्न थापा अर्मलाकोट, डिहीगाउँ लगायतका ठाँउमा घरदैलो गरेका छन् । सभामा अर्मलाकोट आमा समूहकी अध्यक्ष नरशोभा गुरुङ, नेपाली काँग्रेसका महाधिवशेन प्रतिनिधि पदमसिंह गुरुङ, पुर्व सांसद बृन्दा राना, दलित संघ कास्कीका जिल्ला सचिव गोविन्द नेपाली लगायतले काँग्रेसलाई भोट दिन सबैसँग आग्रह गरेका थिए ।

महिला अधिकारका लागि काँग्रेसलाई भोट ः शारदा पौडेल

कास्की क्षेत्र नम्बर ३ प्रदेश ‘क’तर्फकी काँग्रेसकी उम्मेदवार शारदा पौडेल विहिबार हेमजामा घरदैलो कार्यक्रममा सरिक भईन् । पौडेललाई हेमजाबासीले भव्य स्वागत गर्दै चुनावमा भोट दिने वचन दिएका छन् ।

विशेषगरि काँग्रेसले एउटा प्रतिभावान महिलालाई उम्मेदवार बनाएको भन्दै त्यहाँका महिलाहरुले निकै खुशी व्यक्त गरेका थिए । घरदैलो अभियानको क्रममा हेमजा पुगेकी पौडेलले त्यहाँका महिलाहरुसँग महिला अधिकारको मुद्दा आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताईन् । उनले महिलाहरुको अधिकार प्राप्तिपछि मात्रै सम्बृद्धि सम्भव भएको समेत बताईन् ।

‘नेपाली काँग्रेसले विकास र सम्बृद्धिको कुरा गरिरहँदा महिला अधिकारको कुरालाई पनि उत्तिकै महत्वपूर्ण साथ उठाईरहेको छ । र, म आफै पनि महिला उम्मेदवार भएको हिसाबले यो मुद्दालाई अझै बढि महत्वका साथ हेरेकी छु ।’ पौडेलले भनिन् ।

पौडेलले आफूलाई जिताउनका लागि काँग्रेसको रुख चिन्हमा भोट हाल्न त्यहाँका मतदाताहरुसँग आग्रह समेत गरिन् । उनले भनिन्–‘जसरी भोट माग्न अहिले घर घरमा आएकी छु । भोलीको दिनमा विकासको काम गर्न पनि म हजुरहरुको घरदैलोमा फेरि फर्कने छु ।’ उनले आफु पहिला सोहि क्षेत्रबाट निर्वाचित हुँदा पनि विकासका काम गरेकोले पुनः भोट दिएर विकासको गतिलाई अझै तिव्र बनाउन सहयोग गर्न हेमजाबासीलाई आग्रह गरिन् ।

परियारलाई जिताउन रुपा गाउँपालिकामा समिति गठन

कास्की क्षेत्र नम्बर १ प्रदेश ‘क’मा काँग्रेसबाट उम्मेदवारी दिएका जीवन परियार चुनावी प्रचारको क्रममा घरदैलोमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् । उनलाई जिताउन पार्टी पनि निकै सक्रिय रुपमा लागिरहेको छ ।

परियारको पक्षमा जीत निकाल्नका लागि संगठित भएर चुनावी अभियानलाई तिव्रता दिईरहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ । परियारको पक्षमा चुनावी प्रचार अभियानलाई तिव्रता दिनका लागि रुपा गाउँपालिकामा १ सय २१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ । रुपा गाउँपालिकाकै सक्रिय काँग्रेस नेता समेत रहेका बुद्धिबहादुर खड्काको सँयोजकत्वमा समिति गठन भएको हो ।

परियारलाई जिताउन पोखरा उपत्यका नगर विकास समितिका पुर्व अध्यक्ष प्रकाशमोहन खनाल, काँग्रेस कास्कीका जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ, स्थानिय नेताहरु बुद्धि मास्की, रामजी ढुंगाना लगाएतका नेताहरु लागिपरेका छन् । १२ हजार १ सय ७४ मतदाता रहेको रुपा गाउँपालिकामा ७० प्रतिशत मत आफ्नो पक्षमा रहेको काग्रेस नेताहरुको दाबी छ ।

थापा र केसी प्रचार गर्दै मिजुरेतर्फ

काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका यज्ञबहादुर थापासहित सोहि क्षेत्रको प्रदेश ‘ख’मा उम्मेदवारी दिएका कृष्ण केसीले विहिबार सैमराङमा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । उनीहरुले त्यहाँका मतदातासँग काँग्रेसको पक्षमा भोट मागे ।

त्यो भन्दा अगाडि यज्ञबहादुर थापा र कृष्ण केसीको टोलीले माझठाना र कालिकामा सम्पर्क कार्यलय उद्घाटन गरेको थियो । सम्पर्क कार्यालय उद्घाटन गर्दै विकास र सम्बृद्धिको लागि काँग्रेसका उम्मेदवारहरुलाई जिताउन उनीहरुले अपील गरेका थिए ।

सम्पर्क कार्यालय उद्घाटन, घरदैलो कार्यक्रमसँगै थापा र केसी विहिबार नै मिजुरेको गहतेमा पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी सभालाई सम्बोधन गर्दै थापाले सो क्षेत्रको विकास चाहने सबैलाई काँग्रेसको पक्षमा भोट हाल्न अपील गरे । त्यस्तै केसीले पनि मिजुरे क्षेत्रको विकासका लागि आफु गम्भिर रहेको र निर्वाचित भएसँगै मिजुरेको विकासको गति अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने बताए ।

मिजुरेमा कोणसभासँगै साँस्कृतिक कार्यक्रम समेत भएको काँग्रेस कास्कीका जिल्ला सदस्य नविन सिग्देलले जानकारी दिए । थापा र केसीसँगै सो क्षेत्रमा काँग्रेसकी समानुपातिक उम्मेदवार रहेकी रसकुमारी गुरुङ पनि प्रचारमा हिँडिरहेकी छन् ।