कास्कीमा बाम गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त


पोखरा – कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा घरदैलोमा व्यस्त छन् ।  उनी बुधबार भरतपोखरीको पौवा, फिलिङ्गे, सुर्ताने, काजीपोखरी, जामुने भञ्ज्याङ लगायतका स्थानमा घरदैलो कार्यक्रममै व्यस्त रहे ।
थापाले जनताको आवश्यक माग सम्बोधन गर्ने बताए । ‘हामीलाई जनताले नै जिताउने हो,’ उनले भने, ‘त्यसपछि जनताकै लागि काम गर्ने हो ।’ थापासगै सोही क्षेत्रका समानुपातिकतर्फका उम्मेदवारहरु सिर्जना शर्मा, भीमबहादुर कार्की र अशोक बुढा छन्त्याल र पोखरा–३३ का शिव आचार्य जनतासँग भोट माग्न पुगेका थिए । बिहीबार भरतपोखरीकै बाँकी स्थानमा घरदैलो कार्यक्रम रहेको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका पूर्व उपाध्यक्ष तथा उम्मेदवार थापाका सहयोगी रामराज पौडेलले बताए ।

खगराजलाई भोट माग्दै दीपक बेगनासमा

बाम गठबन्धनबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभाका साझा उम्मेदवार खगराज अधिकारीलाई भोट माग्दै प्रदेश सभा क का उमेदवार दीपक कोइराला अधिकारीको जन्मगाउँ बेगनास पुगेका छन् ।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारी चुनाव प्रचारप्रसारकै सिलसिलामा बुधबार मादी गाउँपालिकाको सैमराङ र भाचोक क्षेत्रमा छन् ।

नेता तथा कार्यकर्ताका साथ बेगनास पुगेका कोइरालाले बाम गठबन्धनले जितेमात्र यो क्षेत्रको विकास बताए । प्रदेश सभा क का उमेदवार कोइरालाले बुधबारै रुपा गाउपालिका वडा नं २ को थुम्कीमा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा कास्की क्षेत्र नं १ क का संयोजक विजयबाबु वनवासी, सहसंयोजक विनय थापा, समनुपातिक तर्फकी उम्मेदवार गायत्री गुरुङ, रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा, माओवादी केन्द्रका केन्द्रीय सदस्य लालमोहन तिवारी, बामपन्थी नेता निर्मला क्रान्ति, गणेशबहादुर थापा, गोकर्ण तिवारी लगायतले बोलेका थिए ।

लुयरावासीको प्रतिवद्धता ः वामलाई भोट
कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड ५, लुयरा, सल्यानका वासिन्दाले यसपटक वाम गठबन्धनलाई भोट दिने प्रतिवद्धता जनाएका छन् । संयुक्त वाम गठबन्धन कास्की क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगत विश्वकर्मा र कास्की ३ प्रदेश सभा ख का उम्मेदवार राजीव पहारीको प्रचारप्रसार अभियानमा लुयरका पुग्दा त्यहाँ वासिन्दाले उम्मेदवारलाई यसरी आश्वस्त पारे ।
विश्वकर्माले गाउँको विकासको लागि गाउँकै व्यक्तिले केन्द्रमा प्रतिनिधित्व गर्नुपर्ने बताए । यसो हुन नसकेको खण्डमा गाउँमा आउने वजेट गाउँको विकासमा नभई अन्यत्रै जाने भन्दै आफ्नो ठाउँको व्यक्तिलाई मत दिएर विजय गराउँन उनको आग्रह छ ।
प्रदेश सभा ख का उम्मेदवार राजीव पहारीले आफू यस क्षेत्रको विकासका लागि सदैव तयार रहने बताए । वामगठबन्धनकी समानुपातिक उम्मेदवार दुर्गा विकले दलितले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले अहिलेको चुनावमा वाम गठबन्धनको बुहमत आइसकेको बताउँदै दुई तिहाई मतको ल्याउनको लागि सम्पूर्ण गाउँवासीलाई वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द अधिकारी, नेकपा एमाले साविक क्षेत्र नम्बर ४ का अध्यक्ष विष्णु केसी, जमान सिंह, नेकपा एमाले प्रदेश नम्बर ४ विभाग सदस्य बुद्धिमान गुरुङ, जिल्ला सल्लाहकार परिषदका सदस्य दुर्गादत्त ढुंगाना, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपेन्द्र गिरी, नेकपा एमाले क्षेत्रीय सचिवालय सदस्य महेश्वर दवाडी, अर्जुन केसी, विजय केसी, बलराम विक, अनेरास्ववियु केन्द्रीय सदस्य अशीर्वाद सुवेदी, भरत गुरुङ कोने र अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष शेखर गौतमलगायततको टोली घरदैलोमा सरिक थियो ।
जनताप्रति विश्वासघात गर्दैनौं ः रवीन्द्र र करण
कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार रवीन्द्र अधिकारी र कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनताप्रति कहिल्यै विश्वासघात नगर्ने प्रतिबद्धता गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत भलामका विभिन्न क्षेत्रमा भएका घरदैलोपछि ¥यालेचौरमा आयोजित कोणसभामा उनीहरुले भने, ‘हामीलाई विश्वास गरेर मत दिनुस्, हामी तपाईंहरुलाई कहिल्यै विश्वासघात गर्ने छैनौं ।’

एमाले युवा नेतासमेत रहेका अधिकारीले भलामलाई पोखराको मुख्य बजार जत्तिकै विकसित र व्यवस्थित बनाउने बताए । उनले कांग्रेसले कम्युनिष्टहरुलाई फुटाउँदै राज गर्ने गरेको बताउँदै अबको चुनावबाट कांग्रेसको फुटाउ र राज गर रणनीति फेल खाने बताए ।

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार ‘करण’ले भलामको कायापलटका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरे । उनले आफू सांसद हुँदा २ करोडको लागतमा भलामबाट मनिपालसम्म जाने बाटो बनाएको, खोराकोमुखमा सिंचाइको तटबन्ध बाँधेको, भलामबाट काहुँ धरहरासम्म फुट ट्रयाक बनाएको बताउँदै अब भलामको उत्पादन बृद्धि र त्यसको बजारीकरण लागि काम गर्ने बताए । उनले हरिहर गुफाको विकास गरेर धार्मिक पर्यटनको क्षेत्र बनाउने आफ्नो सपना भएको बताउँदै सो योजना आफू निर्वाचित भएमा जसरीपनि पूरा गर्ने बाचा गरे ।

अधिकारी र ‘करण’ले बिहीबार दिनभर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० मा पर्ने भलाम, ¥यालेचौरलगायतका क्षेत्रमा घरदैलो गरे । घरदैलोमा लोकदोहोरी सम्राट प्रजापति पराजुलीलगायतको कलाकारको टोलीले ‘ठूलो भए नदी हुन्छ, सानो भए खोला, कांग्रेसको आस्वासनमा नफस्दिनु होला’ गीत गाउँदै मत माग्न सघाएका थिए ।

जित निश्चित देखियो ः जीवन
माछापुच्छ«े गाउँपालिका –१ की आईतश्री पुन वुधबार बिहान घरायसी काममै थिइन् । रामजी बराल वाम गठवन्धनलाई भोट दिनोस् भन्दै टुप्लुक्क पुगे । नयाँ अनुहार देखेपछि उनले कुन पार्टी हो ठम्याउन सकिनन् ।
७५ वर्ष टेकेकी उनले वृद्धभत्ता दिने र देशविकास गर्ने पार्टीलाई जिताउने बताइन् । जीवनले पहिलो चरणको घरदैलो अभियानले आफू उत्साहित भएको बताए । बुधबारसम्म आफ्नो क्षेत्रको पोखरा १९ पुरुन्चौर वाहेक सबै क्षेत्रमा पुगिसकेका उनले मतदाताबाट प्राप्त हौसला र वाम गठवन्धनले जनतामा पैदा गरेको उत्साहले जित निश्चित देखिएको प्रतिक्रिया दिए ।