पोखरा – नेपाली राष्ट्रिय क्रिकेट टिमको अण्डर सिक्सटिन टिमका लागि क्षेत्र नम्बर ८ पोखराबाट सहभागि गराउन खेलाडी प्रक्रिया छनौट सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघको पहलमा भएको छनौटमा कास्की, तनहुँ, चितवन र स्याङ्गजाका गरि १६ जना खेलाडी छनौट गरिएको छ ।
छनौटमा परेका खेलाडीहरुमा चितवनबाट दिवश पौडेल, अशिष लम्साल, सुलभ बराल र रुपेश राय क्षेत्री छन । त्यस्तै तनहुँका शितल सुनार, मनोज श्रेष्ठ स्याङ्गजाका सुजन गौतम र मनोज गौतम रहेका छन । कास्की वाट छनौट हुनेमा मेख वहादुर सेन, मुस्कान थापा, ईशान श्रेष्ठ, देव शाह, प्रेम वहादुर गुरुङ्ग, सन्दिप छन्त्याल, किरण पौडेल र कृष्ण पौडेल रहेका छन ।
छनौटमा परेका १६ जना मध्ये उत्कृष्टताको आधारमा चार जना अन्तिम चरणको छनौटमा पर्ने छन । ति चार जनाले संभवत पुषको दोश्रो साता वाट काठमाडौमा हुने वन्द प्रशिक्षणमा राखिने जानकारी कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
सम्पन्न छनौट समापन कार्यक्रममा शुभकामना दिंदै जिल्ला खेलकुद संघ कास्कीका अध्यक्ष याम वहादुर गुरुङ्गले खेलाडीहरुले अनुशासनको साथै आफ्नो पढाइमा पनि उत्तिकै ध्यान दिनु पर्ने वताए । समापन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ्गले मनतव्य दिएका थिए ।