मतदाताले बामगठबन्धनलाई दुई तिहाई मत दिन्छन् : जगत विश्वकर्मा


पोखरा – मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत कास्की क्षेत्र नं. ३ का बामगठबन्धनका उम्मेदवारहरुले मतदाताले गठबन्धनलाई दुई तिहाई मत दिने विश्वास प्रकट गरेका छन । हेमजामा घरदैलो गर्दै गठबन्धनका उम्मेदवारहरुले त्यस्तो विश्वास प्रकट गरेका हुन ।

पोखरा २५ हेमजा स्थित याम्दीबाट सुरु घरदैलो अभियान स्थानिय तिव्वतियन क्याम्पस, लामाचौतारा, साझा, मिलनचोक, सुईखेत, कालिकाचोक हुदै फेदीसम्म पुगी सम्पन्न भएको थियो ।जसमध्ये लामाचौतारा र मिलनचोकमा कोणसभा भएका थियो ।
सभामा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले बाम गठबन्धनलाई नेपाली जनताले रुचाएको दावी गर्दै गठबन्धनमा जनलहर बढदै गएको बताए ।उनले गठबन्धनले देशैभर दुई तिहाई मत पाउने विश्वास प्रकट गर्दै देशलाई निकास दिई समृद्घिको बाटोतर्फ मोड्न गठबन्धन गरिएको स्पष्ट पारे ।

उम्मेदवार विश्वकर्माले निर्वाचन पछि बाम बहुमतको सरकार बन्ने दावी गर्दै त्यसले देशलाई निकास दिने औल्याए ।उनले आफुहरु कम्युनिष्ट पार्टीका संस्थापकहरुको परिकल्पना पुरा गर्न लागि पर्ने प्रतिबद्घता व्यक्त गर्दै हेमजाको जनमत प्रगतिशील विचारधाराको पक्षमा रहेको पनि जनाएका थिए ।उम्मेदवार विकले हेमजाको कृषिलाई व्यवस्थित बनाउने तथा सुईखेत खोलाको अतिक्रमण नियन्त्रणमा भुमिका खेल्ने प्रतिबद्घता समेत प्रकट गरेका थिए ।

प्रदेशसभा ३ क का उम्मेदवार रामजी बरालले संविधान मार्फत प्राप्त अधिकारलाई व्यवस्थित गर्न स्थाई सरकार चाहिने आवश्यकता औल्याउदै, स्थाई सरकार तथा राजनैतिक स्थायित्वका लागि गठबन्धन गरिएको जनाए ।उम्मेदवार बरालले मतदाताले आफ्नो मत प्रकट गर्दा विवेक पु¥याएर देशलाई निकास दिने शक्तिलाई मात्र दिन आग्रह गर्दै आगामि चुनावलाई फरक तर मौलिक प्रकारको चुनाव भएको भन्दै जनताका समस्यामा साथ दिने प्रतिबद्घता प्रकट गरेका थिए ।

उनले हेमजामा यातायातको सहज प्रबन्ध मिलाउन तथा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आफुले पहल लिने पनि जनाए ।
समानुपातिक उम्मेदवार एवं पुर्व सांसद सीता गिरी ओलीले हेमजा कम्युनिष्टहरुको उर्भर भुमि भएको दावी गर्दै विभिन्न समयमा हेमजावासीले आफुहरुलाई सहयागे गर्दै आएको स्मरण गरिन ।उनले आगामि चुनावमा पनि हेमजावासीको सहयोग पाउने विश्वास प्रकट गर्दै आफुहरुले समावेशी संविधान ल्याएको र त्यसैको कार्यन्वयनका लागि जनतासँग मत मागेको प्रष्ठ पारिन ।

अर्का समानुपातिक उम्मेदवार झलकपाणि तिवारीले गठबन्धनलाई परिवर्तनकारी शक्तिसँग तुलना गर्दै देशको अस्थिरतालाई परिवर्तन गर्ने दायित्व पनि गठबन्धनकै भएको भनाइ राखे ।उनले गठबन्धनले जित्दा देशले जित्ने र देशमा स्थायित्व प्राप्त हुने तर्क गर्दै चुनावका लागि मात्रै गठबन्धन गरिएको भनी कतिपय राजनैतिक दलबाट भएको प्रचारको खण्डन पनि गरेका थिए । तिवारीले मतदाता शिक्षाको आवश्यकता समेत औल्याएका थिए ।