अब पृथ्वीचोक वसपार्कवाट मात्रै बसहरु छुट्ने,मुख्य सडकमै पार्किङ्ग गर्न नपाइने


पोखरा – पृथ्वीचोकको मुख्य सडकवाटै यात्रु चढाउने र झार्ने गरिएकोमा विहीवारदेखी भने पृथ्वीचोक वसपार्कवाट मात्रै बसहरु छुट्ने भएका छन् । बसपार्क नहुँदा यातायात व्यवसायीले मुख्य सडकमै वस पार्किङ्ग गर्दै आएका थिए ।

चार दशक भन्दा अघि बसपार्क वनाउनकै लागि जग्गा अधिग्रहण गरिएपनि राजनीतिक खिचातानीले वसपार्क नवन्दा यातायात व्यवसायीले मुख्य सडकवाटै वस छुटाउने गरेका थिए । वसपार्कको लागि छुटईएको जग्गामा सुकुम्वासी र पहुँचवालाहरुले कव्जा जमाएर वस्दा वसपार्कको जग्गा अतिक्रमण हुँदै आएको छ । पोखरा उपत्यका नगरविकास समिति तथा सरोकारवाला निकायहरुले वसपार्कको जग्गा अतिक्रमण गरेर वसेकाहरुलाई अझै पनि हटाउन सकेको छैन ।

पोखरा लेखनाथ महानगर पालिकाले  केही दिन पहिला सार्वजनिक सूचना मार्फत वसपार्क भित्र  रहेका ग्यारेज तथा अस्थाथी संरचनाहरु हटाएपछि अहिले खाली जग्गालाई वसपार्कको रुपमा उपयोग गरिन लागेको हो । पोखरावाट वाहिरिने लामो तथा छोटो दुरीका सवैवसहरुले अव वसपार्कवाट मात्रै यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई शिव थापाले हिमाली आवाजलाई जानकारी दिए । अन्यत्रवाट पोखरा आउने वसहरुले पनि अव वसपार्कमा लगेर मात्र यात्रु झार्नु पर्ने छ । अन्य जिल्लावाट पृथ्वीचोकको वाटो हँदै जाने वसहरुले पनि सिर्जनाचोकदेखी वुद्धचोकसम्मको क्षेत्रमा यात्रु चढाउन नपाउने उनले वताए ।

वाग्लुङ्गवाट पोखरा हुँदै स्याङ्जा वुटवल सम्म जाने वसहरुलाई पनि सिर्जनाचोक राष्ट्रवैँकचोक हुँदै वाहिरिने व्यवस्था गरिएको थापाको भनाई छ । वढ्दो सवारी साधनका कारणले पोखरामा पछिल्लो समय ट्राफिक जामले हैरानी वढाएको छ । वसपार्कवाट मात्रै वसहरु छुट्ने व्यवस्था गरेपछि थोरै भएपनि सवारी जामको समस्या समाधान हुेन विश्वास गरिएको छ । साभार : पिस पोखरा