पोखरा – काठमाडौंमा प्रधान कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नर र पोखरामा रहेको फरेन लिङक एजुकेशन कन्सलटेन्सीको सहकार्यमा अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुको लागि सञ्चालित निःशुल्क सेमिनार पोखरामा मंगलवार सम्पन्न भएको छ ।पोखरा ट्रेडमलमा रहेको रोयल पोखरा रेष्ट्रोमा आयोजना गरीएको उक्त अभिमूखिकरण कार्यक्रममा एजुकेशन एण्ड माइग्रेसन स्पेशलिष्ट सुनिल उप्रेतिले अष्ट्रेलियामा विद्यार्थीहरुका लागि अध्ययनका अवसर र सम्भावनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै उप्रेतिले आफ्नो अष्ट्रेलिया बसाइका अनुभवसँगै नेपाली विद्यार्थी जसले अष्ट्रेलियामा विभिन्न विषय अध्ययनको लागि आवश्यक आधारहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मार्गदर्शन एकेडेमीका सञ्चालक पुरन श्रेष्ठले निस्वार्थ भएर विद्यार्थीहरुको सेवामा लाग्न आग्रह गरेका थिए । पोखरामा कन्सलटेन्सी धेरै भएपनि भरपर्दो कन्सलटेन्सीका रुपमा विद्यार्थीहरुले विश्वास गर्ने वातावरण नहुँदा विद्यार्थिहरु काठमाण्डौं समस्यालाई फरेन लिङकले सजिलै समाधान गर्ने विश्वास व्यक्त गरे ।
विगत १० बर्षदेखि अष्ट्रेलियाको सिडनीमा प्रधान कार्यालय र नेपालको काठमाडौंमा कर्पोरेट कार्यालय मार्फत अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा काठमाडौंमा रहेको एजुकेशन एण्ड माइग्रेसनसँग सहकार्य गरी पोखरा लेखनाथ–८, सिद्घार्थचोकबाट नै विद्यार्थीहरुका लागि स्तरीय सेवा प्रदान गर्न पाएकोमा फरेनलिङक कन्सलटेन्सीका सञ्चालक प्रदीप लम्सालले खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै एजुकेशन माइग्रेसन कर्नर काठमाडौंका निर्देशक किशोर दुलालले राम्रो डकुमेन्टेसन नहुनाले उत्कृष्ठ अंक ल्याएर पनि विद्यार्थीहरुको भिसा नलाग्ने समस्या प्रति विद्यार्थीहरुलाई सजग रहन आग्रह गरे ।
कार्यक्रममा उपस्थिति विद्यार्थीहरुबाट लक्कि ड्र मार्फत २० जना विद्यार्थीहरुलाई नगद, सिनेप्लेक्सको टिकट र टि–सर्ट उपहार समेत प्रदान गरिएको थियो भने पोखरेली गायक अनुज गुरुङले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।