म्यादी प्रहरीहरुको तालिम कास्कीमा सुरु


पोखरा –  मंसिर २१ गते हुने प्रदेश शभा र प्रतिनिधी सभा निर्वाचनका लागि भर्ना छनोट पार गरेका म्यादी प्रहरीहरुको तालिम आजदेखी तालिम सुरु भएको छ ।

४ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा निर्वाचन सुरक्षार्थ आवश्यक १० हजार २ सय ७ जना म्यादि प्रहरीहरुको तालिम सुरु भएको हो । यसै क्रममा कास्कीमा पनि सम्पुर्ण चरणको परिक्षा पास गरि उतिर्ण भएका १४ सय ६८ जना म्यादि प्रहरीको तालिम कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले एक उद्घाटन गरे ।

प्रहरी उपरिक्षक सिंहले सम्पुर्ण चरण पार गरि उतिर्ण भएका म्यादी प्रहरीहरुलाई निर्वाचनलाई शान्ति पुर्ण ढंगबाट सम्पन्न गर्नका लागि तालिममा सिकाईने कुराहरुलार्इ आत्मासाथ गर्दै अनुसाशित ढंगबाट तालिम लिन सबैलाई आग्रह गरे । कार्यक्रममा कास्कीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रिले म्यादी भर्ना छनोट तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।