ड्यामसाईडको देउसी भैलोको आयव्यय सार्वजनिक


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ मा रहेको ड्याम साईड क्बलले यस वर्ष देउसी भैलो खेलेर संकलन गरेको आयव्यय सार्वजनिक गरेको छ ।

क्लबले विगत तिन वर्षदेखि विभिन्न साँस्कृतिक कार्यक्रम सहितको देउसी भैलो खेल्ने गरेको छ । यस वर्ष विभिन्न सहयोगदाता, स्थानिय संघसंस्था, टोलबासीबाट २ लाख ४० हजार रुपैया संकmन भएकोमा एक लाख ४५ हजार आठ सय खर्च भई ९४ हजार पाँच सय वचत भएको कार्यक्रम संयोजक क्लबका सहसचिव पुजन थकालीले वताए ।

दिपावलीको अवसरमा खेलिएको उक्त देउसी भैलो कार्यक्रममा वडा नं. १७ का नवनिर्वाचित अध्यक्ष तीर्थराज अधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको थियो ।

सो अवसरमा पोखराको पुरानो पर्यटकीय स्थल ड्यामसाईड विभिन्न कारणले पछि परेको वताउँदै आगामि दिनमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संस्कृतिको जगेर्ना गर्न पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा नटराज सांगितिक समुह, नौलो विहानी, स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

क्लबले आफ्नो कार्य क्षेत्रमा सोलार वत्ती जडान, ड्याम साईड पार्कको संरक्षण, लागु औषध नियन्त्रणमा सहयोग, समय समयमा सरसफाई कार्यक्रम गर्नुका साथै फुटबल खेलमा पनि क्लबले राम्रो प्रगति गर्दै आएको छ ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव रमेशप्रसाद वराल, सहसचिव पुजन थकालीलगाएतले वोलेका थिए भने संचालन सन्ध्या श्रेष्ठ र केशवराज वरालले गरेका दिए ।