पृथ्वीनारायण शाहको शालिक पूर्नस्थापना गराउन पोखरामा शक्ति प्रर्दशन


पोखरा – पोखराको मुख्यचोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पूर्नस्थापना गराउन शनिबार शक्ति प्रर्दशन गरिएको छ । पोखरामा रहेका क्षेत्री समाज, ब्राह्ण समाज, ठकुरी समाज, दशनामी समाज, विश्वकर्मा समाज, विश्व हिन्दु महासंघ र पृथ्वीनारायण शाहको शान्ति पूनस्थापना संघर्ष समितिले संयुक्त रुपमा शनिबार पोखरामा प्रर्दशन गरेका हुन् ।

पृथ्वीचोकाबाट सुरु भएको र्यालीले सभागृहचोक, न्यूरोड, चिप्लेढुङगा, महेन्द्रपुल, नयाँ बजार परिक्रमा गरि पूर्न पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो ।सभामा बोल्दै प्रमुख अतिथि प्राध्यापक डा. दिलबहादुर क्षेत्रीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेर अपमान गरिएको बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहको शालिक तोडफोड गर्नेहरु सच्चा नेपाली हुनै नसक्ने बताउनुभयो । पृथ्वीनारायण शाह नभएको नेपाल र नेपाली भन्ने अवस्थानै नहुने अवस्था आथ्यो भन्दै शाहप्रति उच्च सम्मान ब्यक्त गर्नुपर्ने बताउनुभयो ।

बहमण समाज नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले नेपाल र नेपालीका प्रतिक पृथ्वीनारायण शाहको शालिक पूनस्थापना हुनुपर्ने बताउनुभयो । सभामा केदारेश्वर महादेव मन्दिरका डा. लेखनाथ आचार्य, समाजसेवी कुलबहादुर गुरुङ(कुलु), रानाभाट समाजका अध्यक्ष श्रीबहादुर रानाभाट, विश्वकमा समाजका गणेश बराइली लगायतले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पूनस्थापना हुने पर्ने नत्र अरु कसैको शालिक राख्न नहुने बताउनुभयो । शालिक पूनस्थापनाका लागी चरण बद्ध आन्दोलनको घोषणा गरिएको छ ।
पपृथ्वीनारायण शाहको शालिक रहेको स्थानामा सहिद लखन थापाको शालिक राखिएको थियो । सहिद थापाको शालिक असोज १० गते महानगरले भद्धा आइल्याण्डले टाफिक ब्यवस्थापनमा समस्या भएको भन्दै आइल्याण्डसंगै थापाको शालिक पनि हटाएको थियो ।

महानगरले रातभर लगाएर शालिक हटाएपनि ११ गते पून शालिक राख्ने सहमती नेपाल मगर संघसंग गरेपछि पृथ्वीनारायण शाहको शालिक राख्नुपर्ने माग गदै पोखराका आधा दर्जन संघसंस्थाले सयुक्त रुपमा दबाब दिदै आएका छन् । महानगरले गरेको सहमती अनुसार तिहारको तिन दिने विदामा पृथ्वीचोकमा सहिद लखन थापाको शालिक राखिएपछि संघर्ष समितिले पोखरा बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कात्तिक १५ गतेदेखि २० गतेसम्म महानगरपालिका परिसरमै रिले अनसन बस्ने घोषणा गरेको छ ।त्यस्तै, कात्तिक २० गते साँझ मशाल जुलुश प्रदर्शन गर्ने र त्यतिबेलासम्म पनि माग पूरा नभए कात्तिक २१ गतेदेखि अनिश्चितकालिन पोखरा उपत्यका बन्दको घोषणा गरेको छ ।